इन्टरनेटको समस्या समाधान गर्न आग्रह

इन्टरनेटको समस्या समाधान गर्न आग्रह

काठमाडौं : इन्टरनेट सेवा प्रदायक संघले इन्टरनेट सेवा प्रवाहमा देखिएको समस्या समाधानका निम्ति सरोवारवाला पक्षसँग आग्रह गरेको छ। 

नेपाल दूरसञ्चार प्राधिकरणले पोल (खम्बा) को भाडाको विषयलाई लिएर देशका विभिन्न स्थानमा इन्टरनेट सेवा प्रवाह गर्ने तार छानीछानी काट्ने गरेको भन्दै इन्टरनेट सेवा ठप्प हुनबाट जोगाउन सरकारसँग आग्रह गरेको छ। 

संघले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, दूरसञ्चार प्राधिकरण, मानवअधिकार आयोग, उपभोक्ता मञ्च र राज्यका जिम्मेवार निकायसमक्ष समस्या समाधानका निम्ति अनुरोध गरेको हो। 

इन्टरनेट सेवा प्रदायकहरूले सेवा प्रदान गर्नका लागि ओपिजीडब्लु, विद्युत्का पोललगायत पूर्वाधारको काम गर्दै आएकामा प्राधिकरणको एकाधिकार भएका कारण आफूखुसी भाडादर कायम गर्दै आएको संघले जनाएको छ। 

संघका अध्यक्ष सुधीर पराजुलीले इन्टरनेट सेवा प्रदायक सबैलाई बेवास्ता गरी प्राधिकरणले पोलको भाडा छ सयदेखि सात सय प्रतिशतसम्म वृद्धि गरेको भन्दै आपत्ति जनाए। 

'कुनै पनि समयमा पोखरा तथा त्यस आसपासका क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने अवस्था '”, संघद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.