गीतसंगीतमा नेपाली पहिचान चाहिन्छ

गीतसंगीतमा नेपाली पहिचान चाहिन्छ

विदेशमा रहेर पनि नेपाली गीतसंगीतमा निरन्तर जोडिने नाम हो, देविका केसी। उनको नयाँ गलबन्दी बोलको गीत आएको छ। सुदूरपश्चिमलाई परिवेश बनाएर चलनचल्ती र बोलीचालीका नेपाली शब्द समेटेर तयार गीत तयार पारिएको छ। अन्नपूर्णकर्मी तारा चापागाईंले केसीसँग गरेको कुराकानी :


गीतसंगीत के हो ? तपाईं कहिलेबाट लाग्नुभयो ?

गीतसंगीत नेपालीको पहिचान हो। गाउन त बच्चाबाटै गाउँथें तर २०५९ सालबाट निरन्तर लागेको छु। जब स्कुले जीवन सकें तब संगीतमा लागें।

तीन वर्षपछि गायनमा ‘कम ब्याक’ हुँदै हुनुहुन्छ, बीचमा कता हराउनुभयो ?
हराएको छैन। पछिल्लो तीन वर्षदेखि क्यानडामा छु। बाहिर बसे पनि निरन्तर गीतसंगीतसँग नजिक छु। पछिल्लो समय कोभिडका कारण गीतहरू बजारमा ल्याउन सकिएन। ‘नयाँ गलबन्दी’ बोलको गीत लिएर आएको छु।

‘नयाँ गलबन्दी’ कस्तो गीत हो ? के छ यसमा ?
नयाँ गलबन्दीमा नेपाली भाषामा प्रयोगमा आएका चलनचल्ती, बोलीचालीका भाषालाई शब्दमा उतार्न खोजेको छु। यसमा हामीले सुदूरपश्चिमको भाकालाई समेटेका छौं। यो विशुद्ध लोकदोहोरी हो। यसमा गायक शिव हमालको शब्द र लय छ। शनि विश्वकर्मासँग मेरो स्वर छ। आशिष अविरलको एरेन्ज छ। छायांकन नेपालमा भएको हो। वर्षा राउत र पल शाह अभिनयमा हुनुहुन्छ। राउतको दोहोरीमा पहिलो अभिनय पनि हो।

वर्षा राउतलाई नै किन लोकदोहोरीमा ल्याउनुभयो ?
वर्षा राउत मेरो मनपर्ने कलाकार हुन्। उहाँलाई धेरैले मन पराउनुहुन्छ। अन्य धेरैले अभिनय गरेका छन्। वर्षालाई पनि अवसर दिनुपर्छ। सुटिङ राम्रो भएको छ। खर्चको हिसाबले पनि राम्रै लगानी गरेका छौं। 

यसको भिडियोमा अन्यभन्दा फरक के छ ? 
यस गीतले सुदूरपश्चिमलाई छोएको छ। धनगढी मेला महोत्सवलाई देखाएका छौं। मौलिक पारालाई पस्किएका छौ। गीतको छायांकन पनि लगाएर फिल्मी शैलीमा गरिएको छ। वर्षात्को समयमा जान नसकेर चोभारमा उतारेका छौं। मेरा अरू गीतभन्दा फरक छ। 

संस्कृत पढेको मान्छे, गीतसंगीतमा कसरी लाग्नुभयो ?
नेपाली भाषा र साहित्यलाई मन पराउने मान्छे म। मैले संस्कृत पढेकै कारण यो पनि संस्कृतिभित्र पर्छ भन्ने लाग्यो। संस्कृत र नेपाली भाषालाई जगेर्ना गर्नुपर्छ भन्ने मेरो मान्यता हो। संस्कृत पढ्नुभन्दा अगाडिबाटै गाउँथे र गायनमा सानैदेखिको रुचि पनि थियो। स्कुलसँगै कलेजमा पनि संंस्कृत नै रोजे। 

झन्डै पाँच सय गीत गाइसक्नुभयो। पहिले बाक्लै गीत गाउनुहुन्थ्यो अचेल घटेकामा दुःख लाग्दैन ?
मेरो गीतको संख्या मात्र घटेको होइन, कोभिडका कारण धेरै सेक्टर यसको मारमा परेका छन्। धेरै व्यवसायलाई यसले असर गरेको छ। मैले यसपटक तीजको गीत पनि गाउन सकिनँ। यही प्रोजेक्टलाई ध्यान दिए। नेपालमै बस्ने साथीहरूले पनि पहिलाको तुलनामा निरन्तरता दिन सक्नु भएको छैन। कोभिडका कारण सबै क्षेत्रलाई असर गर्दा म पनि गीतसंगीत टाढा भए जस्तो लागेको मात्र हो।

कस्ता खालका गीतहरू गाउनु भयो ? चर्चित गीत कति छन् ?
मैले काठेगीत, पश्चिमीली गीत गाएको छु। गोल्डेन साडी धेरैले मन पराउनु भयो। आकाशका तारा, यसैगरी पशुपति शर्मासँग गाएका गीतहरू धेरै चले। ‘बाजी ठोकम् आउँ मैयाँ, गीतको गायिका भनेर मलाई सबैले चिन्नुहुन्छ। म नेपालमा नभए पनि विदेशमा धेरै कार्यक्रम भएकोले धेरै अवार्ड पनि जितेको छु। मानसम्मान र अवार्ड पाएकै छु। 

गीतसंगीत क्षेत्रले अपेक्षित फड्को मार्न नसक्नुको कारण के हो  ?
यहाँ केही नयाँ र फरक खालको दिउँ भन्नुभन्दा पनि अर्काको नक्कल गर्न खोज्ने प्रचलन छ। राम्रो कामको सिको त गर्नुपर्छ तर कपी नै गरिहाल्नु हुँदैन भन्ने लाग्छ। एकअर्काले गरेको कामलाई बिगार्छु भनेर नलागी हौसला प्रदान गर्‍र्यौं भने जो कोही अगाडि बढ्न सक्छन्। यो नै मुख्य समस्या हो। 

परदेशमा बस्दा नेपाल कत्तिको सम्झनु हुन्छ ? 
आफ्नो देशलाई नसम्झने भन्ने त कुरै हुँदैन। देशको माया विदेशमा बस्नेलाई झनै बढी लाग्छ। म प्रतिस्पर्धाबाट उत्रिएको र स्टेजबाट हिट भएको गायिका हो। 
म धेरै देश गएँ। क्यानडा ४५ देशमध्ये पर्छ। दसौैं वर्ष दुःख र संघर्ष गरेको छु। स्टेजमा राम्रो गर्न सक्ने भएर होला धेरैले मन पराएर स्थान पनि दिनु भएको छ। पढाइसँगै गीतसंगीतलाई निरन्तरता दिएको छु।

भनिन्छ, गीतसंगीतमार्फत केही सन्देश दिन सकिन्छ। यसमा त्यस्तो के छ ?
यसले दिन खोजेको राम्रो लोकभाका हो। हामी हिमाल, पहाड, तराई जहाँ भए पनि माया हुन्छ भन्न खोजिएको छ। ‘जे गरौँ जता जाउँ गौंथली तिम्रो माया छ’ भन्ने थेगो छ। सुदूरपश्चिमलाई छोएको छ। माया प्रेममार्फत लोकभाकालाई जगेर्ना गर्ने नै मेरो सोच हो।

आगामी योजना के के छन् ? 
आगामी योजना पनि गीतसंगीतलाई सफल बनाउने हो। बाँकीको समय विदेशबाट गर्न सक्ने सामाजिक काम गरिरहेकै छु। नेपालमा पनि असहाय र अशक्तलाई सहयोग गर्ने चाहना छ। दुई जना भूकम्प पीडित बालबालिका पढाएको छु। सामाजिक क्षेत्रमा पनि धेरै काम गर्ने सोच बनाएको छु। 

नयाँ गीतको विषयमा केही भन्नुहुन्छ ? 
श्रोता, दर्शकबिना कलाकार अगाडि बढ्न सक्दैन। तीन वर्षको अन्तरालमा हजुरहरूबीच नयाँ भाका लिएर आएको छु। विश्वास छ अघिल्ला गीतहरूभन्दा यस गीतलाई अझै माया गरिदिनु हुनेछ। हजुरहरूकै हौसलाले अगाडि बढ्ने प्रेरणा मिल्नेछ। म जहाँ भए पनि गीतसंगीतमा बाँच्न चाहन्छु।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.