निरन्तर निर्देशनमा विधान

निरन्तर निर्देशनमा विधान


काठमाडौं : कोभिड–१९ को जोखिमबीच पनि सुरक्षाका विभिन्न उपाय अवलम्बन गरी नेपाली सांगीतिक क्षेत्रमा थुप्रै म्युजिक भिडियो बनिरहेका छन्। यही समयमा निर्देशक विधान कार्कीले आफ्नो निर्देशनमा निरन्तर म्युजिक भिडियो रिलिज गरिरहेका छन्। भर्खर उनले ‘मैले बोलेको छैन ढाँटेर’ बोलको भिडियो सार्वजनिक गरेका थिए। यो गीत अहिले चर्चामा छ।

कार्की यति बेला अरू तीन म्युजिक भिडियो रिलिजको तयारीमा जुटेका छन्। अर्जुन पोखरेलको संगीतमा तयार भएका तीन गीत ‘आँखामा’, ‘मेरो देश नेपाल’ र ‘कसले रोक्न सक्छ’ बोलको राष्ट्रिय गीतमा कार्कीको निर्देशन रहेको छ। ‘मेरो देश नेपाल’ गीतमा नेपालका चर्चित १४ जना गायक र गायिकाले स्वर दिएका छन्।

कार्की नेपाली भिडियो मेकिङमा एक दशकदेखि निर्देशनमा सक्रिय छन्। संयुक्त राज्य अमेरिकाबाट फिल्म मेकिङसम्बन्धी दुईवर्षे कोर्स गरेर नेपाल फर्किएका उनी अहिले नेपालमा चल्तीका म्युजिक भिडियो निर्देशकका रूपमा चिनिन्छन्। बाल्यकालदेखिको चलचित्रको रुचिलाई कार्कीले नेपाली रेडियो, टेलिभिजन हुँदै भिडियो र फिल्म मेकिङमा आएर पूरा गरिरहेका छन्। हालसम्म ५० भन्दा बढी म्युजिक भिडियो निर्देशन गरेका कार्कीले लघुचलचित्र, वृत्तचित्र र केही टेलिभिजन कमर्सियल निर्देशन गरेका छन्।

कोभिड–१९ को समस्या समाधान भएपछि छायांकनमा जाने तयारीसहित उनी यति बेला आफूले निर्देशन गर्ने चलचित्रको लेखन कार्य गरिरहेका छन्। अन्तर्राष्ट्रिय फिल्म तथा मिडिया कम्पनी ‘नेप्सिने’को नेपाल शाखाको संस्थापकसमेत हुन्; जुन कम्पनीले चलचित्र निर्माण, वितरण तथा पोस्ट प्रोडक्सनको काम गर्छ। नेप्सिने कम्पनीमा उनीसँगै रायन रेज र दीपेन्द्र कार्कीको लगानी छ। विधान विभिन्न अवार्डबाट सम्मानित भएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.