ब्रेकअपपछि विक्षिप्त भइन् केटी

ब्रेकअपपछि विक्षिप्त भइन् केटी

हलिउड : अमेरिकी पप स्टार केटी पेरीले हालै सबैलाई चकित पार्ने रहस्योद्घाटन गरेकी छन्। उनले २०१७ मा ब्वाइफ्रेन्ड अरल्यान्ड ब्लुमसँग अलग भएपछि आफ्नो दिमागमा आत्महत्या गर्ने विचार आएको सार्वजनिक गरेकी छन्। त्यति बेला आफू निकै खराब समयबाट गुज्रिरहेको पनि उनले उल्लेख गरिन्। एकातिर प्रेमीसँग उनको ब्रेकअप भएको थियो भने अर्कोतिर उनको एल्बम ‘विटनेस’ पनि राम्रो चलेको थिएन। यसका कारण उनी डिप्रेसनमा गएकी थिइन्।

उनले भनिन्, ‘त्यति बेला म व्यावसायिक रूपमा पनि हैरानीमा थिएँ। मेरा सबै कुरा खराब चलिरहेका थिए। मेरो ब्वाइफ्रेन्डसँग ब्रेकअप भएको थियो।’ मानसिक तनाव जितेपछि केटीले भनिन्, ‘अब म एउटा राम्रो स्थानमा छु। आफ्नो विश्वासको कारणले नै आज म जीवित छु।’ केटी र अरल्यान्डो ब्लुम सन् २०१६ बाट डेट जान थालेका थिए। केही महिना डेट गएपछि यो जोडी सन् २०१७ फेब्रुअरीमा अलग भएको थियो। तर सन् २०१९ को भ्यालेन्टाइन डेमा यो जोडी फेरि एक भयो र आफ्नो सम्बन्ध जोडिएको सार्वजनिक गर्‍यो।

हालै केटी पेरीको नयाँ म्युजिक भिडियो रिलिज भएको छ। यसमा केटी निकै बोल्ड अन्दाजमा प्रस्तुत भएकी छन्। भिडियोमा केटी गर्भवती देखिएकी छन्। यो म्युजिक भिडियोमार्फत उनले आफू गर्भवती भएको खुलासा गरेकी थिइन्। ब्लुमसँगको सम्बन्धको उनको यो पहिलो सन्तान हो। गत वर्ष केटीले ब्लुमसँग इनगेजमेन्ट गरेकी थिइन्। यो वर्ष उनीहरू विवाह गर्ने योजनामा थिए तर कोरोना भाइरसका कारण विवाह रोक्नु पर्‍यो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.