जीवन बुझाइदिएकोमा धन्यवाद कोरोना !

जीवन बुझाइदिएकोमा धन्यवाद कोरोना !

महेश श्रेष्ठ  

अबका दिनमा हाम्रो जिउने शैलीमा ठूलो परिवर्तन आउनेछ । जीवनबाट प्रतिस्पर्धा एकाएक हराउँदै छ । सम्पन्नताका लागि धन जम्मा गर्नेले आज भोकै मर्न नपरोस् भनेर खानेकुराको जोहो गर्दै छन् । मानिस सार्थक जीवन बाँच्न सिक्दै छन् ।


केही समयपछि ‘कोभिड–१९’ को महामारी हराएर जानेछ । तर, विश्व भू–राजनीति र अर्थतन्त्रमा निकै फेरबदल हुने अनुमान गरिँदै छ । वातावरणमा उल्लेख्य सुधार भइसक्नेछ । गरिबी झनै बढ्नेछ । यस्ता थुप्रै उतारचढावका हामी साक्षी हुनेछौँ । 

यी कुराले नीति–निर्माण तहमा पुगेका मानिसलाई निकै प्रभाव पार्न सक्छ । आम मानिसको व्यक्तिगत जीवनमा त्यति धेरै असर पुर्‍याउँदैन । तर, यसले मान्छेको जीवनप्रतिको दृष्टिकोणमा भने परिवर्तन ल्याउनेछ । इतिहासमा यस्तो अवसर बिरलै आएको छ, जसले विश्वभरका मानिसको मथिंगललाई एकसाथ हल्लाइदिएको होस् । कोरोनाको प्रकोप पैmलिँदै गर्दा विश्वकै धनी बिल गेट्सले केही दिनअगाडि ‘जीवनमा धनको महत्त्व त्यति धेरै छैन भन्ने कुरा कोरोना भाइरसले प्रमाणित गरिदिएको’ बताएका थिए । कोराना प्रकोपले शक्तिशाली देशका राष्ट्रप्रमुखलाई निरीह बनाइदिएको छ । संक्रमणले विश्वको एक कुनामा मानिसको मृत्यु भइरहँदा अर्को कुनाका मानिस घरभित्रै थन्किएका छन् ।  

मनोविज्ञान भन्छ, जसमा डर हुन्छ, उसले उति नै सुरक्षा व्यवस्था कडा पारेको हुन्छ । शक्ति राष्ट्रहरूले हतियार सञ्चय गर्ने, हजारौँ सैनिकको व्यवस्था गर्ने गरेका छन् । सामाजिक ओहदामा भएकाले आफ्नो सुरक्षामा अन्यका तुलनामा विशेष ध्यान दिन्छन् । सम्पन्न हुँदै जाँदा मानिसले दुनियाँलाई ‘शक्तिशाली हुँ’ भन्ने भ्रम सिर्जना गर्छ । तर, उसको घर वरपर अग्लिँदै गएको कम्पाउन्ड, आँगनमा छाडिने कुकुर र गेटमा बस्ने गार्डले ऊभित्रको डरलाई दर्शाउँछ ।

मृत्यु जीवनको महत्त्वपूर्ण पाटो हो र मृत्यु सबैभन्दा ठूलो डर पनि हो । जिउने कला त्यसले जान्यो, जसले मृत्युको डरलाई ढाकछोप गर्दैन । बरु, आफूभित्रको डरलाई स्वीकार गर्छ । मृत्युको डरलाई सम्पूर्ण रूपमा स्विकारिएको दिन मान्छेको जीवनप्रतिको आशक्ति हराउँछ । कोराना भाइरसका रूपमा हामीले आफ्नो मृत्युलाई दिन प्रतिदिन झन्झन् नजिक आउँदै गरेको महसुस गरिरहेका छौँ । अधिकांशलाई कोरोना लागेर मर्नु नपरे हुन्थ्यो भन्ने पिर परेको छ । मन परिवर्तन गर्न मृत्युको डरलाई स्विकार्न आवश्यक छ । जीवनप्रतिको आशक्ति घटाउन भगवान् बुद्धले आफ्ना शिष्यहरूलाई सुरुमै मसानघाटमा गएर लाश जलाउँदै गरेको दृश्य देखाउँथे । 

अबका दिनमा हाम्रो जिउने शैलीमा ठूलो परिवर्तन आउनेछ । आम मानिसको जीवनबाट प्रतिस्पर्धा एकाएक हराउँदै छ । सम्पन्नताका लागि धन जम्मा गर्नेले आज भोकै मर्न नपरोस् भनेर खानेकुराको जोहो गर्दै छन् । आफ्नो कार्य क्षेत्रमा सफल बन्न बैठक बस्नेहरू आज परिवारसँग भलाकुसारी गर्दै छन् । हिजो सडकमा अलपत्र परेका श्रमिकलाई हेलाँ गर्नेले आज तिनीहरूलाई खानेकुराको व्यवस्था गरिरहेका छन् । कुर्सीमा बसेर भविष्यका लागि नयाँ योजना कोर्नेले घरको सरसफाइ गरिरहेका छन्, घरमा कपडा धोइरहेका छन्, खाना पकाइरहेका छन् । मृत्युको डरले झस्काउँदा मानिसले स्वादभन्दा पोषणमा ध्यान पुर्‍याएका छन् । पार्टी र नाचगानभन्दा योग र ध्यानप्रति आकर्षित हुनेको संख्या बढ्दै छ । मानिसले सार्थक जीवन बाँच्न सिक्दै छन् । जीवनचर्यामा आएका यस्ता परिवर्तनले तुरुन्तै त मानिसको मन परिवर्तन नगर्ला, तर केही हप्ता, महिना अझै यसरी नै बिताउनुपर्‍यो भने थुप्रैको जीवनप्रतिको सोच र बाँच्ने शैलीमा निकै परिवर्तन आउन सक्छ । यस अर्थ यो समय हाम्रो लागि जीवनलाई नजिकबाट नियाल्ने एउटा अवसर हो । 

जसले बाँच्ने कला सिक्यो, उसले मर्ने कला पनि जान्दछ । वास्तवमा जीवनको लम्बाइ होइन, कसरी जीवन बाँचेको हो भन्ने कुरा महत्त्वपूर्ण छ । ढिलोचाँडो एक दिन मर्नैपर्छ । तर, ‘सन्त्रासमा होइन, सार्थक मृत्यु वरण गर्नेछु’ भन्ने कुरा मनन गर्नुपर्छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.