के हो अक्सिजन सेन्सर ?

के हो अक्सिजन सेन्सर ?

अमेरिकाको मासाचुसेटस्थित वार्सेस्टर पोलिटेक्निक संस्थानका केही अनुसन्धानदाताहरूले ‘ब्यान्ड एड’ को आकारमा एउटा ‘अक्सिजन सेन्सर’ को आविष्कार गरेका छन्। उक्त सेन्सर छालामा टाँस्न सकिन्छ। यसले रगतमा हुने अक्सिजनको मात्रालाई रेकर्ड गर्छ। रेकर्ड भएका सबै सूचना वा जानकारी इन्टरनेटको माध्यमबाट डाक्टरसम्म पुर्‍याउन सक्ने क्षमता यसमा छ।

यो कम लागतमा निर्माण भएको लचिलो खालको वायरलेस डिभाइस हो। जुन इन्टरनेटमा कनेक्ट गरेर रगतमा अक्सिजन कति छ ? भनेर सम्पूर्ण डाटा हेर्न सकिन्छ।

यसको आविष्कार खासगरी नवजात शिशुहरूलाई लक्षित गरी बनाइएको हो। ताकि ती शिशु अस्पतालबाट घर गए पनि उनीहरूको रगतमा भएको अक्सिजनको मात्राको जानकारी डाक्टरले सजिलै थाहा पाउन सकुन्।

यसले दिएको जानकारी स्मार्टफोनमा भएको एपमा कनेक्ट गरेर हेर्न सकिन्छ। यदि रगतमा अक्सिजनको मात्रा घटबढ भएमा स्मार्टफोनको उक्त एपले सूचना दिन्छ। यो डिभाइसमा ‘अप्टिकल सेन्सर’ को प्रयोग गरिएको छ। यो विशेषगरी दम तथा श्वासप्रश्वाससँग सम्बन्धित समस्याबाट ग्रसित शिशुका लागि अति उपयोगी डिभाइस हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.