Annapurna Post Logo
    • छहारीमा खेल्दै बालक
    • काठमाडौंमा तापक्रम ३२ डिग्री भएका बेला मगंलबार कपनमा रुखको छहारीमुनि झोलुंगोमा सुताईएका बालकसगँ खेल्दै अर्का बालक । तस्बिर: बिकाश कार्की ।

    काठमाण्डौमा तापक्रम ३२ डिग्री भएका बेला मगंलबार कपनमा रुखको छहारीमुनि झोलुंगोमा सुताईएका बालकसगँ खेल्दै अर्का बालक ।

    • रित्तो खेतमा आगो लगाउँदा ठूलो क्षति
    • वीरगन्ज : छिमेकीले बाली भित्र्याएपछिको रित्तो खेतमा आगो लगाउँदा सखुवाप्रसौनीका किसान इरशाद देवानको दुई बिघामा लगाएको उखुबाली सखाप भयो। मनग्ये आम्दानी हुने आशमा दु:खजिलो गरेर लगाएको उखु खेती छिमेकीको लापरबाहीले नष्ट भएपछि उनले नोक्सानी खेप्नु परेको हो।

    पर्साको देउरवाना गाविसका किसान गहुँबाली भित्र्याइएपछि रित्तो खेतमा आगो लगाउँदै।

    • अवैध इँटाभट्टीबाट धुँवाकाे मुस्लाे
    • कपिलवस्तुमा संचाालित अधिकांश इट्टा उद्योगसँग लाइसेन्स छैन । धुँवाकाे मुस्लाेले प्रदूषणसंगै मानव स्वास्थ्यमा असर परेकाे छ भने सरकारको करोडौं राजश्व समेत गुमेकोछ । तर यसतर्फ सराेकारवाला निकाय भने अाँ‌खा चिम्लेका छन् । 

       
    कपिलवस्तुमा संचाालित अधिकांश इट्टा उद्योगसँग लाइसेन्स छैन । धुँवाकाे मुस्लाेले प्रदूषणसंगै मानव स्वास्थ्यमा असर परेकाे छ भने सरकारको करोडौं राजश्व समेत गुमेकोछ । तर यसतर्फ सराेकारवाला निकाय भने अाँ‌खा चिम्लेका छन् । 

  (तस्बीर: कृष्णप्रसाद ढकाल)

ताजा समाचार
फोटो फिचर
फोटो पत्रकार : विकास कार्की
एमालेमा नेत्तृवको लागि लडाई

एमाले अध्यक्ष हुने प्रतिस्पर्धामा उत्रिएका संसदीय दलका नेता केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच तीव्र ध्रुवीकरण सुरु भएको छ। डेढ महिनापछि हुने नवौं महाधिवेशनमा एमालेको सत्ता कब्जा गर्ने होडमा दुवै पक्ष पार्टी सदस्यलाई प्रभावित पार्न क्रियाशील भएका छन्।

सर्वोच्चमा १० न्यायाधीश नियुक्त गर्ने तयारी, 'नोटिस'का व्यक्ति नै प्रस्तावित

 सर्वोच्च अदालतले कारबाहीका लागि 'नोटिस' मा लिन न्याय परिषद्‌मा पठाएका व्यक्तिलाई पनि सर्वोच्चकै न्यायाधीश नियुक्तिका लागि अघि सारिएको छ। विशेष अदालतमा रहँदा भ्रष्टाचार मुद्दामा बलजफ्ती फैसला गरेको भनेर सर्वोच्चबाट 'नोटिस' मा लिन न्याय परिषद्को ध्यानाकर्षण गरिएका पुनरावेदन अदालतका मुख्य न्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्चको न्यायाधीशका लागि परिषद् सदस्यबाटै प्रस्तावित भएका हुन्। उनलाई कानुन व्यवसायी पृष्ठभूमिबाटै परिषद्मा पुगेका एक सदस्यले न्यायाधीश बनाउन अड्डी लिएका हुन्।

प्रहरी नियमावली पारित: बढुवाविरूद्ध उजुरीको व्यवस्था

नियमावलीमा प्रहरी प्रधान कार्यालय गृह मन्त्रालयको प्रत्यक्ष नियन्त्रणमा रहने व्यवस्था छ। महानिरीक्षकले गृह मन्त्रालयको प्रत्यक्ष निगरानी र निर्देशनमा कार्यसम्पादन गर्नुपर्ने नियमावलीमा छ। त्यस्तै बढुवा बढुवा समितिमार्फत गर्नुपर्ने, बढुवामा चित्त नबुझे उजुरी गर्न पाउने र बढुवामा नयाँ पूर्णांकको व्यवस्था गरिएको छ। नियमावली जारी भएपछि सरुवा, बढुवा, पदस्थापनजस्ता विषयमा राजनीतिक स्वार्थ र दाउपेच अनुकूल गर्ने परिपाटी बन्द भई प्रहरी व्यवस्थापन निष्पक्ष र पारदर्शी हुने अपेक्षा छ। बढुवामा चित्त नबुझे प्रत्येक तहका प्रहरीले उजुरी दिन सक्छन्।

मुक्त कम्लरीद्वारा फेरि आन्दोलन घोषणा

नेपालगन्जमा मुक्त कमलहरी मञ्चले गरेको पत्रकारसम्मेलन।

नेपाल सरकारसँग भएको १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै मुक्त कम्लरी चरणबद्ध आन्दोलनमा उत्रने भएका छन्। उनीहरूले सोमबार नेपालगन्जमा पत्रकारसम्मेलन गरीसरकार र मुक्त कम्लहरीबीच २०७० साल जेठ २४ गते भएको सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएका हुन्। सहमतिभएको ११ महिना बितिसक्दासमेत सरकारले कुनै बुँदा पनि कार्यान्वयन नगरेको मुक्त कम्लरीको गुनासो छ।

विचार
कार्टून
अन्तर्वार्ता
श्रमलाई सम्मान गर्न सिक्‍नुपर्छ

Mantra Network
Wai Wai
Ncell For Nepal
Mantra Network
Wai Wai
Ncell For Nepal

© २०१३ नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालिद्बारा प्रकाशित तथा मन्त्र नेटवर्क प्रा.लि.द्बारा न्युजस्कुपमा विकसित एवं भण्डारण
कार्यालय : कर्पोरेट टावर, तीनकुने, काठमाडौं | पोष्ट बक्स नं २३८१ | फोन ४४८२३०५/४४८२२०७/४४६९७५८ | इमेल: annapurna@annapost.com | द.नं. १३५/०५८/०५९, म.क्षे.हु.नि.द.नं. ०६९\०७०

अध्यक्ष : रामेश्वर थापा | प्रबन्ध निर्देशक : राजेन्द्रबहादुर सिंह | सम्पादक : गुणराज लुइँटेल