MENU
सन्ते र पुन्टे

आइतवार, भदौ ४, २०७४ 1554 पटक पढिएको

सन्ते माझी कक्षा ४ मा पढ्छ । एक दिन स्कुलबाट फर्कंदा छिमेकी काकाले उनकै छोरा पुन्टेलाई कुटेको देख्यो । ठूलोठूलो स्वरमा गाली गरेको पनि सुन्यो । पुन्टे सन्तेको साथी हो । साथी कुटिएको देखेर उसलाई साह्रै दुःख लाग्यो । ज्यादै नरमाइलो पनि भयो । साथीको मायाले ऊ रुनमात्रै सकेन ।