MENU
भूकम्प प्रभावित जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट

आइतवार, चैत १३, २०७३ 121 पटक पढिएको

सरकारले भूकम्प प्रभावित सात जिल्लामा ४४ करोड २० लाख रुपैयाँ खर्चेर एक वर्षभित्रै तीव्र गतिको (ब्रोडब्यान्ड) इन्टरनेट सेवा पुर्‍याउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सस्तो र सुलभ महसुल दरमा भूकम्प प्रभावित जिल्लामा इन्टनरेनट सुविधा उपलब्ध प्रयोग गर्न दिएर ई सूचना प्रविधियुक्त जिल्ला बनाउन ब्रोडब्यान्ड पुर्‍याउन लागेको हो ।