MENU

भूकम्पका कारण रसुवाका ११ बस्ती उच्च जोखिममा

देवचन्द्र भट्ट शुक्रवार, बैशाख ८, २०७४ 2323 पटक पढिएको

Share This

त्रिशूली : पर्यटकीय हिमाली जिल्ला रसुवाका पाँच गाउँपालिकाका ११ बस्ती भूकम्पका कारण उच्च जोखिममा परेका छन्। भौगर्भिक अध्ययनबाट तामाङ समुदायको वस्ती जोखिममा रहेको कारण अन्यत्र सारिनु पर्ने भएको छ।

रसुवाको ११ वटा वस्तीका एक सय ८७ घरधुरी जोखिममा परेको प्रतिवेदन आएको स्थानीय विकास अधिकारी तथा जिल्ला समन्वय समिति रसुवाका सचिव राजेन्द्रदेव पाण्डेले बताउनुभयो। खानी विभागबाट साविकको ७ वटा गाविसको १८ वटा वस्तीमा गरिएको अध्ययनबाट ११ वटा बस्ती आंशिक तथा पूर्ण जोखिममा परेको पाइएको हो।

भूगर्भविद्ले गरेको अध्ययनबाट सो विषय सार्वजनिक भएको हो। प्रतिवेदन अनुसार लाङटाङको चार स्थान, हाकुको गोगने, डाँडागाँउको चिप्लेटी, ठूलोगाँउको लायुनलगायतका बस्ती जोखिममा छन्।

ठुलोगाँउस्थित लायुनका नौ वटा, हाकुस्थित सानोहाकु, ठूलोहाकु र हाकुवेशीका केही घर, धैबुङस्थित कदमघारीका १२ परिवार र प्राङगसेको वस्ती, भोर्लेको घट्टेपाखाका दुई परिवार, चिलिमेस्थित पाजुङ र केराघारीका ८० परिवार, सरमथलीको लामरांगका १० परिवार, हाकुस्थित तीरुका ५, लुम्वा डाँडाका तीन, ठूलोगाँउस्थित लायुनका ९ घरपरिवारको तत्काल वस्ती स्थानान्तरण गर्नुपर्ने देखिएको छ।

सदरमुकाम धुन्चेस्थित गुम्चेतका ५, यासाको थाङ्दोरका ४ तथा सांग्युल बच्चाको २९, दोेक्लाङका ४, राम्चे गुम्चेतका १५ र थुमनको तार्सा तथा देस्याका १० घरपरिवार गरी एक सय ८७ घरपरिवारलाई वर्खा अगाडी नै वस्ती स्थान्तरण गर्नुपर्ने भएको जिल्ला समन्वय अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनु भयो।

Yamaha

प्रतिकृया दिनुहोस

थप सामग्री

dishhomeapp