MENU

निकुञ्जको वन्यजन्तु जोगाउन सेनाद्वारा सुरक्षामा कडाइ

यादव आचार्य शुक्रवार, बैशाख ८, २०७४ 2721 पटक पढिएको

Share This

बर्दिया: तराईकै सवैभन्दा ठूलो बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका र्दुलभ, लोपोन्मुख लगायत संरक्षित वन्यजन्तुहरु जोगाउन नेपाली सेनाले दिदै आईरहेको सुरक्षालाई थप कडा बनाएको छ।

देशमा हुने निर्वाचनलाई अवसर पारेर हुने बन्यजन्तुको चोरीशिकारलाई मध्यनजर गर्दै आधुनिक प्रविधि सहितको अनुगमन मार्फत निकुञ्जको सुरक्षा व्यवस्थालाई थप कडा बनाईएको हो।

बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको रणशाद्र्रुल गणले निकुञ्ज भित्र सेनाको पोष्ट लगायत संवेदनशिल क्षेत्रहरुमा कम्पनी खडा गरी सुरक्षा प्रदान गर्दै आईरहेको गणका गणपति राजेन्द्र पन्तले बताउनुभयो। उहाँले भने नेपाल अधिराज्य भरी संरक्षणका लागि स्थापना भएको १ सय ६४ वटा पोष्ट मध्ये बर्दियामा मात्र निकुञ्ज क्षेत्रको विभिन्न स्थानहरुमा ३१ वटा पोष्ट स्थापना गरिएका छन्।

हामीले पोष्टहरु मार्फत छिटो छरितो सुरक्षा दिन र अपराधिक गतिविधिहरु रोक्न धेरै हदसम्म सफल भएका छौं। उहाँले अगाडी भन्‍नुभयो, 'पोष्ट र कम्पनीले सुरक्षा दिएर पनि प्रर्याप्त नहुने हुँदा स्मार्ट पट्रोलिङ्ग, सीसी क्यामेरा लगायत रिअल टाईम मोनिटरिँग जस्ता अत्याधुनिक प्रविधि मार्फत अनुगमन बढाएका हौं।'

 

Yamaha

द्वन्दकालमा ठूलो क्षती व्यहोरेको र ०६४ सालको निर्वाचनमा चोरी शिकारीबाट गैंडा मारिएपछि निकुञ्जले ०६५ साल देखि प्रविधि सहितको सुरक्षामा महत्व दिएको छ । संरक्षणमा पाएको सफलतासँगै निकुञ्जले सून्य गैंडा शिकार वर्ष समेत मनाउँदै आएको हो।

उहाँले थप्‍नुभयो, 'कर्णाली तटिय क्षेत्र, अम्रेनी, रम्भापुर लगायत गुठी जस्ता संवेदनशिल क्षेत्रहरुमा कम्पनी स्थापना गरी सुरक्षा दिएका छौं। निकुञ्ज क्षेत्रको सुरक्षाका लागि करिव ९ सय जनाको वटालियन सहितको गण स्थापना भएको छ। अनुगमन र सुरक्षा सँगै थ्रेट लगायत चुनौती पहिचान गर्दै नेपाली सेना संरक्षणमा अघि वढेको उहाँले प्रष्ट्याउनुभयो। बिशेष गरी बर्दियामा गरिवी, अपराधिक सोंच तथा सूचनाको कमी नै मुख्य थ्रेट रहेको उहाँले बताउनुभयो।

उहाँले अगाडी थपे बर्दियाको जैविक विविधता संरक्षणका क्षेत्रमा मौसम, वास्तविक समयमा अपराधिक सूचना नआउने लगायत प्रशस्त आधुनिक प्रविधिको कमी नै मूख्य चुनौती रहेको जनाईएको छ। लोपोन्मुख एकसिंगे गैंडा, र्दुलभ पाटेबाघ, जंगली हात्ती लगायत संरक्षित वन्यजन्तुको सुचिमा रहेका प्राणी वनस्पतिको संरक्षण गर्दै मानव वन्यजन्तु विचको द्वन्द न्यूनिकरणका लागि नेपाली सेनाको विशेष भुमिका रहेको पाईन्छ।

तराईकै ठूलो ९ सय ६८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्जमा ५६ प्रजातीका स्तनधारी, ४२ प्रजातीका घस्रिने, १ सय २५ प्रजातीका माछा, ४ सय ५० प्रजातीका चरा, १ सय भन्दा वढी जंगली हात्ती, ३९ वटा गैंडा ८५ वटा र्दुलभ पाटेबाघ लगायत २० हजार भन्दा वढी मृग प्रजाती रहेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताउनुभयो।

उहाँले भने निकुञ्जमा जति धेरै जीव र वनस्पति छन् उती नै ठूलो चुनौती रहेको छ। बनमा लाग्ने डढेलो पनि चुनौतीका रुपमा रहेको उनले प्रष्ट्याउनुभयो। बर्दिया निकुञ्ज तराईमा भएकाले पनि सुखा क्षेत्र भएकाले बन्यजन्तुको लागि पानीको समस्या रहेको बताउनुभयो। उहाँले अगाडी भने हामीले बन्यजन्तुको पानी व्यवस्थापन गर्न कर्णाली तटिय क्षेत्रमा १७ वटा पोखरी निर्माण गरेका छौ। त्यस्तै निकुञ्ज भित्र घाँसेमैदानको समेत व्यवस्थापन गरेका हौं।

निकुञ्ज प्रशासन, नेपाली सेना, चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका युवाहरु, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानिय समुदाय र विभिन्न संघसंसथा मार्फत संरक्षण कार्य अघि वढेको वताए । उनले थपे बर्दियामा संरक्षणका क्षेत्रमा राष्ट्रिय तथा स्थानिय संचारमाध्यम लगायत सञ्चारकर्मीहरुको पनि महत्वपूर्ण भुमिका रहेको छ । जिल्ला स्थित राजनितिक दलहरुले समेत निकुञ्जका सवालमा चाँसो दिन थालेका छन्।

प्रतिकृया दिनुहोस

थप सामग्री

dishhomeapp