MENU

औसत ‘घामपानी’

अषेश अधिकारी/अन्नपूर्ण टुडे शुक्रवार, बैशाख ८, २०७४ 11770 पटक पढिएको

Share This

फिल्म समिक्षा

काठमाडौंः फिल्म समीक्षक र निर्माता/निर्देशकबीच ‘लभ–हेट’को सम्बन्ध रहँदै आएको छ । समीक्षकको तारिफलाई फिल्मकारहरू आफ्नो फिल्मको सफलताको तक्मा बनाउँछन् भने आलोचनालाई विषकारूपमा अर्थ्याउँछन्। संसारमा थुप्रै समीक्षकले निर्माण, लेखन र निर्देशनलाई दोस्रो अध्याय बनाएका छन् । तीमध्ये कति उदाहरणीय रूपमा सफल छन् भने कति असफल पनि ।

जीन–ल्युक गोडार्ड तथा फ्राँस्वा ट्रुफो यसका उदाहरण हुन् । सिनेमामा आउनुअघि उनीहरू दुवै त्यसैलाई फिल्ममाथि लेख्ने गर्थे । फिल्ममा पनि उनीहरूले बेग्लै अस्तित्व छाडे । नेपालमा पनि समीक्षक र फिल्मकारहरूको सम्बन्ध ‘लभ–हेट’कै छ । त्यसैले पनि पछिल्लो छिमलमा क्रुर फिल्म समीक्षकको परिचय बनाएका दीपेन्द्र लामा निर्देशित ‘घामपानी’ दर्शकका लागि प्रतीक्षित थियो । उनले ‘घामपानी’का लागि रोजेको बाहुन केटी र तामाङ केटाको प्रेम विवाहको कथा रिलिज अगाडि थुप्रैका लागि, विशेषगरी फिल्मकर्मीको चासोको केन्द्रमा थियो ।

रातो र सेतो अक्षताले दुई पात्रको निधार सजाएर नेपाली समाजको सहिष्णुता, सद्भाव र परिचयको प्रतिबिम्ब देखाइएको छ घामपानीमा।

सिनेमाले फूर्वा (दयाहाङ राई) र तारा (केकीअधिकारी)को अन्तरजातीय प्रेम, संघर्ष र बिहेको कथा भन्छ । फूर्वा र तारा एकअर्कालाई माया गर्छन् र सँगै जिउन चाहन्छन् । फरक समुदायका भएकाले उनीहरूको प्रेमको बाटो असहज छ । गाउँमा सरूवा भएर आएको प्रहरीको असई (अंकित खड्का)ले उनीहरूको प्रेम धरापमा पार्छ । त्यसपछि फूर्वा र तारामाथि आइपर्ने परिस्थिति नै फिल्मको कथा हो । तर, यो चासो र नजरमा लामा खरो उत्रन असफल भए । डेब्यु निर्देशन ‘घामपानी’वजनदार कथाको हलुका फिल्म सावित भएको छ ।

Yamaha

वर्तमान समय सन्दर्भमा भनिएको कथाले तारा र फूर्वाको त्यो गाउँको सामाजिक, आर्थिक, राजनीतिक तथा वैचारिक स्थितिले अन्तरजातीय प्रेम र विवाह त्यो समाजमा कुन स्तरसम्म वर्जित छ भने ठोस रूपमा प्रस्तुत छैन । कथा सरल बनाउने नाममा पटकथा सतहमा दौडिनाले फिल्मको वजन कम भएको छ । फिल्ममा दृश्यकम र पात्रहरू ज्यादा बोल्छन् । उनीहरूको मनोदशा फिल्ममा स्थापित हुँदैन । लामाले फिल्म–लेखकसमेत हुनुको फाइदा लिन सकेको देखिएन । कथा मौलिक भएपनि त्यसको भारी बोक्न पटकथा असफल छ ।

सिनेमा हेरिरहँदा दर्शकको सक्रिय प्रतिक्रिया रहन्छ । उनले यी चिजमा ध्यान नदिँदा दर्शक फिल्मसँग जुन स्तरमा सन्निकट हुनुपर्ने हो, हुँदैनन् । दर्शकलाई बाँध्न उनी हास्य संवादमाथि ज्यादा निर्भर छन्। फिल्ममा बिहेमण्डपबाटै लगिएपछिका केकी र दयाको मनोदशा चित्रण छैन । अन्य पात्रको मनोदशामा फिल्म मौन जस्तै छ । सम्पादन उम्दा छैन । विशेषगरी दयाहाङ र केकी भागेपछिका दृश्यलाई दिइएको ‘स्पेस’ले फिल्मलाई एउटै विन्दुमा बढी झुलाएको छ । शैलेन्द्रध्वज कार्कीको छायांकन भने उत्कृष्ट छ ।

लामाले तामाङ समुदायका सांस्कृतिक पक्ष बुझ्ने तरिकाले पेस गरेका छन्, जुन तारिफयोग्य छ । यस्तै, फिल्मको अन्त्यमा उनले देखाएको ब्राह्मण तथा तामाङ संस्कृतिको कोलाज फिल्मभरिकै उत्कृष्ट दृश्य हो । दृश्यमा उनले बाहुनको रातो अक्षता र तामाङ समुदायको सेतो अक्षताले दुई पात्रको निधार सजाएर नेपाली समाजले कस्तो साम्प्रदायिक सहिष्णुता, सद्भाव र परिचय खोजेको छ भन्ने कुराको प्रतिबिम्ब हो । नेपाली समाजको चित्र कोर्ने लामाको ‘घामपानी’ सामान्य छ । तर, अपेक्षित छैन ।

प्रतिकृया दिनुहोस

dishhomeapp