MENU

मतदान केन्द्र विद्यालयमा नराख्न विप्लवको चेतावनी

सुरेन्द्र काफ्ले शुक्रवार, बैशाख ८, २०७४ 26947 पटक पढिएको

Share This

नेपालगन्जः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले शिक्षण संस्थामा मतदान केन्द्र नराख्न निर्वाचन आयोगलाई आग्रह गरेको छ।

अखिल (क्रान्तिकारी)का बाँके संयोजक मदन चन्दले प्रेस विज्ञप्ति जारी गरी शिक्षा संस्थामा मतदान केन्द्र राखेर व्यारेक बनाउन खोजिए प्रतिकार गर्ने चेतावानीसमेत दिएको छ।

निर्वाचनको बहानामा प्रजातन्त्रको धज्जी उडाउने गरी देशका विभिन्न भागमा नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेका कार्यक्रममा भएको प्रहरी दमनको घोर भत्सनासमेत विज्ञप्तिमा गरिएको छ। विज्ञप्तिमा स्थानीय निर्वाचनले जनताको युगौदेखि सम्बोधन हुन बाँकी एजेन्डाको सम्बोधन गर्न नसक्ने समेत जनाइएको छ।

प्रतिकृया दिनुहोस

थप सामग्री

Dish latest