MENU

१३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

635x90

अन्नपूर्ण शुक्रवार, बैशाख ८, २०७४ 437 पटक पढिएको

Share This

काठमाडौं : अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला बिहीबारबाट सुरु भएको छ । मेलाको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले गर्नुभएको छ । अर्थमन्त्री महराले सानो पुँजी लगानी भएका उद्योगलाई प्रोत्साहन गर्न नसके मुलुकको अर्थतन्त्र फष्टाउन नसक्ने बताउनुभयो । लघु, घरेलु तथा साना उद्योगको उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबारदेखि राजधानीमा सुरु व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी २०७४ अवसरमा महराले मुलुकको आर्थिक विकासका लागि लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्घन र विकास आवश्यकता औंल्याउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ, विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको मेलामा उहाँले नेपालको आर्थिक रूपान्तरण, परम्परागत कृषि पेसालाई आधुनिकीकरण र व्यवसायीकरण नगरेसम्म मुलुकको आर्थिक समृद्घि सम्भव नभएको बताउनुभयो । विज्ञानमन्त्री प्रेमबहादुर सिंहले मुलुकमा रहेका साधन स्रोत र प्रविधि पर्याप्त हुँदा पनि तिनको आवश्यक अनुसन्धान र विकास गर्न नसकेका कारण दिगो विकास र समृद्घि हासिल गर्न नसकिएको बताउनुभयो ।

मुलुकको दिगो विकास र समृद्घिका लागि कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्यलाई विज्ञान प्रविधिसँग जोडेर मात्र अगाडि बढ्न सम्भव भएको उहाँको भनाइ छ । प्रदर्शनीमा २१५ वटा स्टल रहेकोमा ५७ वटा वैज्ञानिक खोज, अनुसन्धान र नवीनतम प्रविधिसँग सम्बन्धित स्टल रहेका छन् भने केन्द्रीय महिला उद्यमी प्याभिलियनमा २५ वटा, वन तथा कृषि सहज कार्यक्रमका १० वटा, राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट प्रवद्र्धित १०, त्यसैगरी भारत, पाकिस्तान, बंगलादेश र चीनकासमेत गरी ३० वटा स्टल रहेका छन् । बाँकी स्टलमा नेपालका लघु, घरेलु तथा साना र राष्ट्रिय उद्योगका औद्योगिक उत्पादनको प्रदर्शनी गरिएको छ ।

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100