MENU

युनाइटेड इन्सुरेन्समा धुर्मुस-सुन्तली

अन्नपूर्ण शुक्रवार, बैशाख ८, २०७४ 7124 पटक पढिएको

Share This

काठमाडौं : युनाइटेड इन्सुरेन्स कम्पनी नेपाल लिमिटेडले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई ब्रान्ड एम्बासेडर नियुक्त गरेको छ ।

सामाजिक कार्यका अभियन्ता तथा धुर्मुस-सुन्तली फाउन्डेसनका संस्थापक धुर्मुस र सुन्तलीलाई कम्पनीको ब्रान्ड एम्बासेडरको रूपमा नियुक्त गर्न पाउँदा कम्पनीले खुसी व्यक्त गरेको छ । उहाँहरूसँगको सहकार्यले कम्पनीको ब्रान्ड इमेज तथा बिमाप्रति सर्वसाधारणलाई जागरूक गराउन सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

 

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100