MENU

भारतबाट सनराइजको रेमिटेन्स सेवा

अन्नपूर्ण शुक्रवार, बैशाख ८, २०७४ 334 पटक पढिएको

Share This

कठमाडौं : सनराइज बैंकले रेमिटेन्स सेवा विस्तार गर्ने क्रममा भारतको आईडीबीआई बंैकसँग रेमिटेन्ससम्बन्धी सम्झौता गरेको छ । यसबाट भारतमा बस्दै आएका नेपालीले आईडीबीआई बंैकको कुनै पनि शाखाबाट नेपालमा सनराइज बैंकको खातामा सजिलै पैसा पठाउन सक्नेछन् । आईडीबीआई बैंकको भारतमा १८ सयभन्दा बढी शाखा सञ्जाल छन् । सनराइज बैंक लिमिटेड र आईडीबीआई बैंकबीच रेमिटेन्स सम्झौता आईडीबीआईको प्रधान कार्यालय मुम्बइमा सम्पन्न भएको छ ।

 

क्त सम्झौतामा सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगड र आईडीबीआईका नायब प्रबन्धक केपी नायर तथा कार्यकारी निर्देशक मैथीली बालसुब्रमन्यमको उपस्थितिमा सनराइज बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आईडीबीआईका तर्फबाट महाप्रबन्धक एन कृष्णनले हस्ताक्षर गर्नुभयो । सम्झौतासँगै भारतको जुनसुकै ठाउँबाट पठाएको पैसा सेवाग्राहीले सनराइज बैंकको ६८ वटा शाखा र तीन वटा एक्सटेन्सन काउन्टरमार्फत प्राप्त गर्न सक्नेछन् ।

बैंकले यस अवसरमा बैंकिङसम्बन्धी जनचेतना जागरण गर्ने उद्देश्यले प्रभातफेरि आयोजना गर्यो । बैंकको प्रांगणबाट सुरु भएको प्रभातफेरी हात्तिसार घन्टाघर, भद्रकाली, बसन्तपुर, नयाँ सडक, जमल, लैनचौर, नागपोखरी हुँदै त्यही ठाउँमा आएर टुंगिएको थियो ।

प्रतिकृया दिनुहोस

Dish latest