MENU

स्वस्थ रहन खानपानमा नियन्त्रण कि नियमित व्यायाम उपयुक्त ?

अन्नपूर्ण शुक्रवार, बैशाख ८, २०७४ 5963 पटक पढिएको

Share This

शैली भक्स पप

सन्तुलित खानपान र नियमित व्यायामले मात्र व्यक्ति स्वस्थ हुन सक्छ । यी दुवैलाई अलग मानेर व्यवहार गरे छिनभरका लागि राम्रो लाग्ला तर त्यो दीर्घ रोगको कारण बन्छ । त्यसैले स्वस्थ रहन खानपानमा नियन्त्रण होइन, सन्तुलन मिलाउनु र शारीरिक बनावटअनुसार नियमित व्यायाम गर्नु जरुरी हुन्छ ।-चन्द्रमणि भट्टराईसचिव, विकास पत्रकार मञ्च नेपाल

स्वस्थ रहन खानपिनमा ध्यान दिने गर्नुपर्छ । समयअनुसारको पौष्टिक आहार खानुपर्छ । प्रशस्त पानी पिउने र दैनिक आफ्नो काम आफैंले गर्नुपर्छ । यसले शरीरलाई ऊर्जा प्रदान गर्नुका साथै व्यायाम पनि पुग्छ । सधैं प्रसन्न मुद्रामा रहने र सकारात्मक सोच राख्ने गर्नुपर्छ ।प्रजिता कोइराला, विद्यार्थी
भ्याएसम्म त दुवै गर्नु उचित हुन्छ । अहिले आफ्नो शरीर हेरेर यही भन्न त सकिने अवस्था छैन । किनभने म अहिले यी दुवै नियम पालना गरिरहेको छैन ।
-काजु मुखिया, मेडिकल रेप्रिजेन्टेटिभ

मलाई लाग्छ खानेकुरामै विशेष ध्यान दिनुपर्छ । आजभोलि धुवाँधूलो र प्रदूषणका कारण धेरै रोग फैलिएको छ । गुणस्तरीय खानेकुराले मानिसलाई स्वस्थ बनाउँछ र कैयौं रोग लाग्नबाट बचाउँछ । व्यायाम त हल्काफुल्का दैनिक काम गर्दा पनि हुन्छ नै ।
-शिव मगराती, लेखक

हामीले व्यायामभन्दा खानामा नै नियन्त्रण गर्नु ठीक होला । हामी आफ्नो जीवनमा धेरै व्यस्त भएकाले नियमित व्यायामका लागि त्यति समय छुट्याउन सक्दैनौं । तर स्वस्थ र ठीक मात्रामा खाना खान सक्छौं । हामीले चिल्लो र जंक फुड खान बन्द गर्नुपर्छ र अर्गानिक खानालाई प्राथमिकता दिनुपर्छ ।
-प्रवीना श्रेष्ठ, कर्मचारी

 

Yamaha

खानपानमा बढी ध्यान दिनु जरुरी हुन्छ । आजकल स्वस्थकर खाना पाउनै गाह्रो छ । जेमा पनि मिसावट छ । त्यसैगरी हाम्रो शरीरलाई सन्तुलनमा राख्न व्यायाम पनि उत्तिकै जरुरी छ ।
-जेनी श्रेष्ठ, शिक्षिका

स्वास्थ नै सम्पत्ति हो भने जस्तै खानपानमा नियन्त्रण गरेर सन्तुलित भोजन मात्रै ग¥यो भने व्यायम गर्नु जरुरी छ जस्तो लाग्दैन ।
-श्रुती गिरी अधिकारी, गृहिणी

मेरो विचारमा दुवै आवश्यक छ । किनभने सन्तुलित भोजनले हाम्रो शरीरलाई स्वस्थ राख्छ र व्यायामले खाना पचाउन सहयोग गर्छ ।
-विकेश श्रेष्ठ, बायोमेडिकल टेक्निसियन

स्वस्थ जीवनका लागि उचित खानपान र नियमित व्यायाम दुवैको उत्तिकै महत्व छ । विशेषत हामी खान नपाएरभन्दा खान नजानेर विभिन्न खाले रोगका सिकार बनेका हुन्छौं । खानामा लापरबाहीले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आई स्वस्थमा प्रतिकूल असर पुग्छ । त्यसैले स्वस्थ जीवनका लागि उचित खानपान अझै बढी अनिवार्य छ ।
-श्रीराम राई, साहित्यकार

प्रतिकृया दिनुहोस

dishhomeapp