MENU

सलमान र कटरिना निजकिँदा तात्यो बलिउड

एजेन्सी शुक्रवार, बैशाख ८, २०७४ 29456 पटक पढिएको

Share This

बलिउड ब्याड ब्वाई सलमान खानको प्रेमकथाले धेरैलाई आश्चर्य बनाएको छ । उनको प्रेम रहस्यमय पनि मानिन्छ । कुन समयमा कोसँग प्रेम हुन्छ कतिखेर त्यो प्रेमसम्बन्धलाई टुंग्याइसक्छन् पत्तो हुँदैन । उनको अर्को विशेषता भन्नु कसैलाई साथ दिएपछि मन मुटु दिएर अघि बढ्नु हो । सलमानको यो विशेषताले बलिउडमा उनको छवि र क्रेजलाई धेरै माथि पुर्‍याइदिएको छ ।

५१ वर्षीय खानको नाम दर्जनभन्दा बढी युवतीसँग जोडिएको छ । खासगरी पूर्वविश्वसुन्दरी ऐश्वर्या राय र कटरिना कैफसँगको प्रेमसम्बन्धले बलिउड हल्लायो । बलिउडमा सर्वाधिक रुचाइएको प्रेमका रूपमा लिइन्छ उनीहरूको सम्बन्धलाई । पछिल्लो समय चलचित्र 'एक था टाइगर'को सिक्वेल 'टाइगर जिन्दा है'को छायांकनमा व्यस्त रहेका सलमान र कट्रिना पुनः नजिकिएको चर्चाले बलिउड तताएको छ । उनीहरूबीच बढ्दो आत्मीयताकै कारण सलमानले कटरिनालाई आफ्नो चलचित्रमा ल्याएको चर्चा चलेको छ ।

सलमानको साथ पाउनु अहिले बलिउडवालाहरूका लागि सञ्जीवनी बुटी मान्नेहरू धेरै छन । अर्कोतिर सलमानको दुश्मन बन्नु पनि त्यत्तिकै ठूलो चुनौती सावित भएको छ धेरै अभिनेत्रीहरूका लागि । यस्तो अवस्थामा सलमानले कटरिनालाई साथ दिनु पक्कै पनि केही न केही रहेको बताइन्छ । तर उनीहरूले आफ्नो निजी जीवन र सम्बन्धलाई जति सक्दो लुकाएर राख्ने गरेका छन् । 'मैने प्यार क्यु किया', 'एक था टाइगर'जस्ता चलचित्रमा सँगै देखिएका उनीहरू अहिले पर्दामा प्रतिक्षित जोडी मानिन्छन । त्यसैले चलचित्र 'टाइगर जिन्दा हैं'ले छायांकन सुरु भएदेखि नै राम्रो हाइप पाएको छ ।

चलचित्रकै लागि उनीहरूले फोटोसुटसमेत गराएका छन् । हुन त सलमान र कटरिना प्रेमसम्बन्धमा रहे पनि नरहे पनि बलिउडमा उनीहरू एउटा ब्रान्ड नै बनेका छन् । उनीहरूले धेरै ब्रान्डका लागि पनि काम गरेका छन् ।कटरिनासँग ब्रेकअप भएपछि सलमान रोमानियाली नायिका लुलिया वन्तुरसँग नजिकिएका थिए । लुलियासँगको बारेमा छाएको गसिपले हैरान बनेका सलमानले उनीसँग विवाह गर्न लागेको चर्चासमेत चलेको थियो । सलमानसँग ब्रेकअप भएपछि कटरिना चाहिँ रणवीर कपुर नजिकिएकी थिइन् ।

केही महिना लिभिङ टुगेदरको सम्बन्धमा रहेका उनीहरूबीच ब्रेकअप भएपछि कटरिना डिप्रेसनको सिकार भएको चर्चा चलेको थियो । प्रेम सम्बन्ध ब्रेकअप भएपछि रणवीर र कटरिनाको नयाँ चलचित्र 'जग्गा जासुस' रिलिजको तयारीमा छ । चलचित्र प्रमोसनका लागि एकसाथ हिँड्न नसकेको प्रसंगले पनि उनीहरू गसिब बने ।

बलिउड लगभग तीन दशक राज गरेका सलमान प्रेम र विवाहका बारेमा भने कमजोर देखिएका छन् । तर जोसँग जति लामो सम्बन्ध भए पनि अहिलेसम्म कुनै कुरामा पश्चाताप नभएको उनको भनाइ छ । सलमान र ऐश्वर्याको सम्बन्ध चलचित्र 'हम दिल दे चुके सनम'को छायांकन सेटबाटै सुरु भएको थियो । त्यसअघि सलमानको नाम मिस इन्डिया संगीता बिजलानीसँग जोडिएको थियो । ऐश्वर्यासँग ब्रेकअपपछि उनको जस्तै अनुहार भएकी स्नेहा उल्लाहलाई सलमानले चलचित्र 'लक्की' मा ल्याए ।

स्नेहासँग पनि सलमानको अफेयर चलेको चर्चा चले पनि यो प्रसंग भने छिट्टै सेलायो । त्यसैगरी चलचित्र वीरपछि जरिन खानसँगसमेत सलमानको नाम जोडियो । प्रेम सम्बन्धमा असफल भए पनि बलिउडमा दर्शकले सर्वाधिक रुचाएका नायक हुन सलमान । पछिल्लो समय कटरिनासँगको पुनर्मिलनको चर्चा र केमेस्ट्री बलिउडमा चासोको विषय बनेको छ ।

प्रस्तुति : नितु घले(एजेन्सीको सहयोगमा)

Yamaha

प्रतिकृया दिनुहोस

dishhomeapp