MENU

राजेश हमाल ‘ऊर्जामन्त्री' , विजय लामा 'कार्यकारी निर्देशक'

अन्नपूर्ण शुक्रवार, बैशाख ८, २०७४ 57102 पटक पढिएको

Share This

काठमाडौः मुलुकलाई लोडसेडिङमुक्त बनाउने अभियानको कथामा आधारित चलचित्र ‘उज्यालो नेपाल' निर्माण गरिएको छ । लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धि समेटिएको यस चलचित्रमा ऊर्जामन्त्री जनार्दन शर्माको अठोट र विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछिको परिवर्तनलाई चलचित्रमा समेटिएको छ ।

खासगरी शर्मा र घिसिङका इच्छाशक्ति र दृढ संकल्पका कारण ऊर्जा क्षेत्रमा आएको परिवर्तन र प्रभावलाई चलचित्रमा देखाइएको निर्माण पक्षले जनाएको छ । चलचित्रमा अभिनेता राजेश हमाल मन्त्री बनेका छन् भने पाइलट विजय लामाले प्राधिकरण कार्यकारी निर्देशकको भूमिकामा अभिनय गरेका छन् ।

शुभ मिडिया होम प्रालिले निर्माण गरेको यस चलचित्रमा अभिमन्यु निरवीको कथा एवं सरोज ओलीको निर्देशन रहेको छ । चलचित्रमा हमाल र लामाका साथै गौरी मल्ल, अर्जुन श्रेष्ठ, नम्रता सापकोटा, निर्मल शर्मा, केशव भट्टराई, रवि शर्मा, विनोद राई, विष्णु बुढाथोकीलगायतले अभिनय गरेका छन् ।

Yamaha

प्रतिकृया दिनुहोस

dishhomeapp