MENU

नयाँ पार्टी खोल्याछु

635x90

प्रेम ओली 'ढकलपुरे' बिहीबार, बैशाख ७, २०७४ 3166 पटक पढिएको

Share This

त्यो पार्टी पनि त्यस्तै हो
यो पार्टी पनि यस्तै हो
जो भए पनि यहाँ सब म जस्तै हो
आउनुहोस्

मैले पनि नयाँ पाटी खोल्याछु
छानी छानी पद छ
रोजी रोजी काम छ
स्वयम अध्यक्ष नै बोल्याछु।

प्रजातान्त्रिक होस् कि लोकतान्त्रिक
आखिर सबै भोगतान्त्रिक
वामपन्थी होस् नामपन्थी
सबै दामपन्थी

सबै पार्टी उस्तै हुन
यिनी पनि म जस्तै हुन
आउनुहोस नयाँ पार्टी खोल्याछु
अध्यक्ष बाहेक सब दिन्छु
स्वयम् अध्यक्ष नै बोल्याछु।

हामीले पनि तिनीहरु जस्तै
चन्दाको सहयोग भन्दै
टन्न दाम कमाउला
चन्दा नदिनेलाई जनकार्बाही भन्दै
कठालो समाउला
पहिले जस्लाई पनि लाखौको
चिट्ठी थमाउला

बार्गेनी गरेर जती झर्छ समाउला
बैंक सहकारी लुट्न पनि पाईन्छ
रिस उठेकालाई कुट्न पनि पाइन्छ
पार्टी भनेको त गजब काइदा रहेछ
बिना लगानीको फाईदै फाईदा रहेछ
आउनुस्
मैले पनि नयाँ पार्टी खोल्याछु
कमान्डर कमिस्नर के लिने ?
अध्यक्ष नै बोल्याछु।

हामीले पनि यिनले जस्तै
दुईचार जना फटाहालाई नाङ्लो झै ठटाउँला
जुवाडेलाई तास कोच्याउँदै खालबाटै उठाउँला
जँड्याहलाई पनि दुईचार झापट कुटौंला।

हामी पनि यिनी जस्तै मालामाल नै भइन्छ
सरकारसँग वार्तामा बसे मन्त्री समेत पाइन्छ
आउनुहोस्
मैले पनि नयाँ पार्टी खोल्याछु
मौका गुम्ला है भन्द्याछु
स्वयमअध्यक्ष नै बोल्याछु ।

कोही आएनन् भने
खसी चोर कुखरालाई हालौला
राँके जुलुस बालौला
नेपाल बन्द भन्दै
पर्चा पम्पलेट फालौला
जुलुस नारा चर्काउला

सोझा साझा देखी
उधोगी व्यापारीलाई थर्काउला
जसरी हुन्छ
हरिया नोट बर्साउला
आउनुहोस्
मैले पनि नयाँ पार्टी खोल्याछु
हाम्रो गौरवशाली पार्टीको
स्वयम अध्यक्ष नै बोल्याछु।

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100