MENU

पारस खड्काको टिम चौराहा क्वालिफायरमा, रुपन्देहीसँग भिड्ने

635x90

अन्‍नपूर्ण बुधवार, बैशाख ६, २०७४ 2379 पटक पढिएको

Share This

काठमाडौं: गोल्डेन्सलाई पराजित गर्दै पारस खड्काको टिम चौराहा धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल)को क्वालिफायरमा प्रवेश गरेको छ।

अब फाइनल प्रवेशका लागि रुपन्देही च्यालेन्जर्ससँग खेल्नेछ। बुधबार भएको इलिमिनेटरमा टिम चौराहाले बसन्त रेग्मीको टिम काठमाडौं गोल्डेन्सलाई ६ विकेटले पराजित गर्‍यो।

काठमाडौंले प्रस्तुत गरेको १२३ रनको लक्ष्य टिम चौराहा १० बल बाँकी छँदा ४ विकेट गुमाएर भेट्टायो। उसका आरिफ शेखले १९ औं ओभरको दोस्रो बलमा चौका हान्दै जित पक्का गर्नुभयो।

यसअघिको ओभरमा काठमाडौंका सोमपाल कामी निकै महंगो साबित हुनुभएको थियो। उहाँको बलमा आरिफले दुई छक्का र एक चौका हानेका थिए र टिम चौराहाले १७ रन जोडेको थियो।

आरिफ २२ रनमा अविजित रहनुभयो। उहाँका लागि अनिल मण्डलले ४४ रनको योगदान दिए भने पृथु वास्कोटाले २२ रन बनाउनुभयो। कप्तान पारस खड्का भने १२ रनमा आउट हुनुभएको थियो।काठमाडौंका सन्तोष भट्टले २ विकेट लिनुभयो।

यसअघि पहिले ब्याटिङ गरेको बसन्त रेग्मीको टिम काठमाडौं गोल्डेन्सले २० ओभरमा ६ विकेट गुमाएर १२३ रन बनाएको थियो। उहाँका लागि सुमित महर्जन र रोहित पौडेलले समान ३१-३१ रन बनाए भने नरेश बुढायरले २९ रनको योगदान दिनुभयो। सुवेन्दी पाण्डेले ११ रन जोड्नुभयो।

टिम चौराहाका अमर रौतेला र ललित राजवंशीले २-२ विकेट लिनुभयो।अब फाइनल प्रवेशका लागि टिम चौराहाले शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्ससँग खेल्नेछ। बुधबार नै भएको पहिलो क्वालिफायरमा रुपन्देही च्यालेन्जर्स शरद भेषावकरको बिराटनगर किङ्ग्ससँग पराजित भएको थियो।

 

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100