MENU

राष्ट्रपति भण्डारीलाई फोरकोर्टमा मुखर्जी र मोदीले गरे स्वागत

अन्नपूर्ण मंगलवार, बैशाख ५, २०७४ 33516 पटक पढिएको

Share This

काठमाडौंः पाँच दिने भारत भ्रमणमा रहनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतीय राष्ट्रपतिको निवासमा ‘विशेष सम्मान’ का साथ स्वागत गरिएको छ।

राष्ट्रपति भण्डारीलाई उहाँका समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा राष्ट्रपति भवनमा स्वागत गर्नुभएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बगालेले ट्वीटरमार्फत पुष्टि गर्नु भएको छ। सुरुवमा समकक्षी मुखर्जी र त्यसपछि प्रधानमन्त्री मोदीले राष्ट्रपति भण्डारीलाई स्वागत गर्नु भएको थियो।

 

Yamaha

समकक्षी मुखर्जीको निमन्त्रणमा सोमबार भारत पुग्नु भएकी राष्ट्रपति भण्डारीले राष्ट्रपति भवन फोरकोर्टमा ‘सेरेमोनियल’ स्वागत ग्रहण गर्नु भएको बगालेले उल्लेख गर्नुभएको छ। राष्ट्रपति भण्डारीले आजै भारतीय राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

भारतीय विदेश मन्त्रालयका अनुसार भारतीय उपराष्ट्रपति हमिद अन्सारी, भारतीय विदेशमन्त्री सुस्मा स्वराज, भारतीय गृहमन्त्री राजनाथ सिंह अर्थमन्त्री अरुण जेट्लीलगायतले भण्डारीसँग मंगलबार नै भेटवार्ता गर्नुहुनेछ । मंगलबार साँझ भारतीय राष्ट्रपतिले भण्डारीको स्टेट ब्यांक्वेट दिने कार्यक्रम छ । मंगलबार नै राष्ट्रपतिले भारतीय उद्योगी र व्यापारीले आयोजना गर्ने बिजनेस इभेन्टमा सहभागिता जनाउने कार्यक्रम छ।

दिल्लीपछि राष्ट्रपति भण्डारीले गुजरात र उडिसाको भ्रमण गरी द्वारिका, सोमनाथ र पुरीस्थित मन्दिरमा पूजा–अर्चना गर्ने कार्यक्रम छ । दिल्लीस्थित जमुना बायोडाइभर्सिटी पार्कको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिकृया दिनुहोस

dishhomeapp