MENU

धर्मुस-सुन्तलीबाट सरकारले सिकोस् (फोटोफिचर)

635x90

राजकरण महतो शुक्रवार, बैशाख १, २०७४ 267366 पटक पढिएको

Share This

वर्षौंपछि नयाँ बर्षमा मुसहरहरुको मुहारमा फक्रियो खुशी

बर्दिबास : धुर्मुस सुन्तली फाउण्डेसनले झन्डै तीन महिना लगाएर बनाएको एकीकृत नमुना मुसहरबस्ती नयाँ बर्ष बैशाख १ गते हस्तान्तरण गरेपछि बषौंको पीडा भुलेर मुसहरहरु दंग परेका छन् । एक समारोहका बीच शुक्रबार एकीकृत नमुना मुसहर बस्तीको प्रवेशद्वारको रिवन काट्दै महजोडी हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ र सरकारका मुख्य सचिव सोमलाल सुवेदीले मुसहरहरुलाई बस्ती प्रवेश गराए ।

Image may contain: 8 people, people smiling

मुल गेटबाट प्रवेश गर्दै प्रमुख अथिती समेत रहेको महजोडीले बस्ती अवलोकनपछि एक कार्यक्रमका बीच उपभोक्ता समितिका अध्यक्ष विल्टु सदालाई बस्तीको साँचो दिएर बस्ती हस्तान्तरण गरिएको हो । पुस्तौंदेखि चरम गरिवीले पिल्सिएका मुसहरहरुले नयाँ बर्षमा नयाँ घर उपहार पाउँदा दंग भएका छन् । खुसीयालीमा उनीहरु नगचान समेत गरेका छन् ।

Image may contain: 1 person, crowd and outdoor

बस्ती निर्माण गर्न चार करोंड ७८ लाख खर्च हुने अनुमान गरिएको थियो । तर बस्ती बनाउन ५ करोंड ४ लाख ३६ हजार ८६० रुपैंया खर्च भएको परियोजना व्यवथापक अर्जुनप्रसाद न्यौपानेले बताउँनुभयो । बस्ती निर्माण गर्न देश विदेशबाट ६ करोड ३३ लाख ३९ हजार ८६६ रुपैंया सहयोग प्राप्त भएको थियो । बस्तीभित्र ५० र बाहिर अन्य जाति समुदायको ३ गरी ५३ घर, १ सामुदायिक भवन, १ प्रतिक्षालय, १ मन्दिर, १ बालउद्यान, १ भूयुटावर, पक्की सडक सहितको एकीकृत बस्ती निर्माण गरिएको छ ।

Image may contain: 7 people, people standing

हस्तान्तरण समारोहमा बोल्ने वक्ताहरुले धर्मुस-सुन्तली को कामबाट सरकारले पाठ सिक्नु पर्ने औंल्याए । नाकारात्मक शक्ति देशमा हावी हुँदा देशले कोल्टो फेर्न नसकेको प्रति कलाकार मदन कृष्ण श्रेष्ठले चिन्ता व्यक्त गर्नुभयो । 'जनताले सकारात्मक शक्ति हेर्न चाहन्छन् । नेताहरुको हजारौं, लाखौं, करोंडौं बन्द हडताल, नाका बन्दीले जनता वाक्कदिक्क भएका छन् । जनताले सद्भाव, शान्ति र विकास चाहेका छन्,' उहाँले भन्नुभयो,'नेताहरु भोट बैंक बनाउने नाममा देश र जनतालाई अहित हुने व्यवहार प्रर्दशन गरिरहेका छन् । गलत काम छाडेर राम्रो काम गर्न नेता ज्यूहरुले धर्मुस-सुन्तली बाट सिक्नु जरुरी छ।' देश बनेको नदेख्दा विदेशमा रहेका नेपालीहरु देश सम्झेर रोइरहेपनि नेताहरुले नागरिकको जनभावना बुझ्न नसकेको उहाँले बताउनुभयो । मुसहर बस्तीको सुन्दरतालाई कायम राख्न नियमित सरसफाई गर्न मुसहरसमुदायलाई आग्रह गरिएको छ।

Image may contain: one or more people, crowd and outdoor

'धर्मुस-सुन्तली देशका नायक हुन' कलाकार हरिवंश आचार्यले भन्नुभयो, 'उनीहरु समाजिक अभियन्ताका महागुरु पनि हुन् । देशभरी कसैले गर्न नसकेको काम गरेर धर्मुस-सुन्तली दम्पतीले गरेर देखाए।' धर्मुस-सुन्तलीले पार्टी खोलेर चुनावमा उठे भने प्रचण्ड, देउवा, माधवकुमार हेरेको हेर्यै हुन्छन् ।' देशमा पहाडी मधेशी भनेर विखण्डको वीउ रोपिनै लाग्दा धर्मुस-सुन्तलीले हिमाल, पहाड तराई कोही छैन पराई भन्ने भावनालाई बलियो बनाउन पहाड र मधेशी बीच पुलको काम गरेर राष्ट्रियता जोगाउन विकास गरेर कदम चालेको कलाकार आचार्यले बताउनु भयो ।

Image may contain: 8 people, crowd and outdoor

तराईमा मुसहर जातिलाई दलितमा पनि महादलित मानिन्छ । मुसहरले छोएको पानी चल्दैन । 'मुसहले छोएको पानी होइन् पकाएको खाना पनि अब मानिसहरु खान्छन् । अब भ्रष्टाचारीले छोएको पानी र पकाएको खान बरु मान्छे खाँदैंनन् ।' हरिवंशले भन्नुभयो ।

देश बनाउन पहिला आफूलाई जिम्मेवार नेपाली नागरिकको रुपमा सबैले सोंच्नु पर्ने धर्मुस-सुन्तली ले बताए । उनीहरुले भने,'हामी सरकारलाई चुनौति दिएका होइनौं , बरु सघाउन हिमाल, पहाड, तराई हिडेका हौं । चाहे भने देश नागरिकले बनाउँछ । हामी पनि सरकार हौं त्यो भावनाले अघि बढे देश विकास गर्न अघि बढेका हौं । '

'नेपालका अरु क्षेत्रमा पीडाले छट्पटाई रहेका पीडितको पीडामा धर्मुस-सुन्तली मल्हम पट्टी लगाउन अघि बढ्नु पर्छ । विश्वका कुना कुनामा रहेका नेपालीहरुले सहयोग र साथ अवश्य दिने छन्,' कलाकार बसुन्धारा भुषालले् भन्नुभयो ।

Image may contain: one or more people and outdoor

कलाकार शिव श्रेष्ठले गरिव र विपन्नहरुको लागि धर्मुस-सुन्तली जिउँदा भगवान् रहेको भनी प्रशंसा गर्नुभयो। जब सरकार द्वन्दमा फस्छ तब दुनियाँमा धर्मुस-सुन्तली जस्ता समाजिक अभियन्ताहरु जन्मिने गरेको जनकपुर गंगा सागर साफाई अभियन्ता, गंगा आरतीका प्रनेता तथा पत्रकार रामअशिष यादवले बताउनुभयो । 'नेताहरुले धर्मुस-सुन्तलीबाट विकास कसरी हुन्छ भन्ने कुरा सिक्नु पर्छ,' अभियन्ता यादवले भन्नुभयो, 'हाम्रा नेताहरु कुरा मात्र गर्छन्, काम गर्र्दैनन् । हाम्रा नेताहरुलाई कुरामा विश्वका कुनै देशले जित्न सक्दैन । त्यति कुरौटे नेता हामीकहाँ छन् ।' सगरमाथा जस्तो विशाल हृदय लिएर हिमाल, पहाड, तराईसहित नेपाल आमालाई बचाउँन सबै नेपालीहरु जुट्नु पर्नेमा यादवले जोड दिनुभयो । मुसहरहरुले बास पाए तर गाँस, शिक्षा, स्वास्थ्य र रोजगारीको लागि अब काम गर्नु पर्ने समय आएको उहाँले बताउँनु भयो। मुसहरुको लागि सीप मुलक शिक्षाको लागि नाष्टले काम गर्ने भएको छ । नाष्ट उपकुलपति जीवराज पोखरेलले मुसहर समुदायलाई दिर्घकालीन आयस्रोतको लागि चाँडै काम गर्ने प्रतिवद्धताजनाउन भएको छ । नेपाल सरकार मुख्य सचिव डा. सोमलाल सुवेदीले धर्मुस-सुन्तली को कामप्रति सरकारले गौरव गरेको बताउँनु भयो ।

Image may contain: 1 person, standing

मुसहर बस्ती हेर्नेको शुक्रबार दिनभरी मेला नै लाग्यो । बस्ती अवलोकनका टाढा-टाढाबाट थुप्रै व्यक्तिहरु आएका थिए । बर्दिबासलाई बेहुली झैं सिंगारीएको थियो । घर अगाडी स्थानीयले कलश र घडा रहेका थिए । बर्दिबासका संघ संस्थाले स्वागत द्वार बनाएका थिए । गाउँबाट बर्दिबास चोकमा जम्मा भएका स्थानीयहरुले देशभक्तीका नारा सहितको प्लेकार्ठ, झाँकी, मुसहरहरुको संस्कृतिक झाँकी र पञ्चे बाजासहित सद्भाव, एकता र विकासको सन्देश सहित र्याली निकालिएको थियो । महजोडी, धुर्मुस-सुन्तली सहितका कलाकारहरुलाई स्थानियहरुले फुलमाला, अवीर लगाएर भव्य स्वागत् गरेका थिए । नयाँ बर्ष २०७४ मा धर्मुस-सुन्तलीले एकता, सद्भाव र विकासको सन्देश दिएका छन् ।

Image may contain: 8 people, crowd and outdoor

Image may contain: 11 people, crowd and outdoor

Image may contain: outdoor

 

 

 

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100