MENU

क्यानाडामा वी एण्ड द वर्ल्ड सेन्टरको सांगीतिक कार्यक्रम

635x90

अन्‍नपूर्ण मंगलवार, चैत २९, २०७३ 2246 पटक पढिएको

Share This

काठमाडौं: नयाँ वर्ष २०७४ को उपलक्ष्यमा क्यानाडाको एडमन्टन स्थित वी एण्ड द वल्र्ड सेन्टरले सांगीतिक कार्यक्रमको सम्पन्न गरेको छ । संस्थाले नेपालीभाषा, कला, संस्कृतिलाई सम्बर्धन र संरक्षणको लागिविगत ५ वर्ष देखि संचालनगरि रहेको गुरुकूल पाठशालाको सहयोगार्थ र नेपालीभाषीहरु बीच शुभकामना आदान प्रदानका लागि कार्यक्रमका आयोजना गरेको हो।

गुरुकूल पाठशालाका विद्यार्थीहरुले पियानोको धुनमानेपाली राष्ट्रियगान गाएर कार्यक्रमको शुरुवात गरेका थिए। संस्थाका कार्यवाहक अध्यक्ष सर्जु रञ्जितले उपस्थित सबैलाई स्वागत गर्दै नयां वर्ष २०७४ को शुभकामना व्यक्त गर्नुभयो।

पाठशालाका विद्यार्थीहरुले ुआँखैमा राख्छु मेरो देश .. र ुमारुनीु नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमलाई विशेष र भव्यबनाउननेपालदेखि आउनु भएकाबहुचर्चित लोकगायकबद्रीपंगेनीले आफ्ना चर्चित लोकगीतहरु प्रस्तुतगर्नु भएको थियो।

कार्यक्रमको विषेशआकर्षणको रुपमास्थानियकलाकारहरुयशु लम्साल र मोनिका लामिछानेले नृत्य प्रस्तुत गरेका थिए। राजु गड्तौलाद्वारा संचालिततेक्वान्दो डोजोका प्रशिक्षार्थीहरुबाट कलाप्रर्दशनीगरिएको थियो।

कार्यक्रमका प्रमुखअतिथि क्यानाडाका भौतिकपूर्वाधारतथा समुदायमन्त्री अमरजीत सोहीले विदेशमा बसेर पनि आफ्नो भाषाको सम्बद्र्धन र संरक्षणका लागि अहम् भूमिका खेलेकोमावी एण्ड द वल्र्ड सेन्टरलाई धेरै धेरै बधाई र सम्पूर्ण नेपालीहरुलाई नयाँवर्षको शुभकामना सन्देश दिनुभएको थियो ।

यस्तै कार्यक्रममा अल्वर्टा प्रान्तिय सरकारकातर्फबाट विधायक रोडलोयलाले शुभकामना सन्देश दिनुहुँदै, नेपालीहरुले आफ्नो कला, संस्कृति र परम्परालाई अनुसरण गर्दै पुस्तान्तरणको बाटोमा हिडेको देख्दाअसाध्यै खुशीलागेको बताउनु भयो ।

त्यस्तै सो कार्यक्रममाएडमन्टन नगर पार्षदमोहीन्दरवाङ्गा र स्थानीयनेपालीहरुद्वारासंचालितसंस्था नेपाली लिट्रेरी क्लबअफ अल्वर्टाका अध्यक्षडा. नारायण पोखरेल,नेपालीक्यानेडीयन सोसाइटी अफ एड्मन्टनका पूर्व अध्यक्षद्वय डा. आई बहादुर गुरुङ्ग, र रामेश्वरअधिकारी, नेवाकल्चरर सोसाइटी अफ अल्वर्डटा अध्यक्षडा. हेमन्तजोशी, हिमालयरक्कि(स्पोर्टर्स क्लबकाअध्यक्षडा. हुकुमआचार्य, एक्सन फर हेल्थी कम्युनिटीका प्रतिनिधी सुरज खतिवडा, नेप्लीजक्यानेडीयन कल्चरल फोरमकाअध्यक्षमधु सुदन पान्डे, कम्पास सेन्टर फर सेक्सुअल वेलनेसका प्रतिनिधी डा. अब्योलाबान्कोले अदेकुन्ले,नेप्लीज स्कलर्स एसोशिएसनकासुदीप सुवेदीलगायतका प्रतिनिधिहरुले कार्यक्रममा शुभकामना सन्देश दिनु भएको थियो।

वी एण्ड द वल्र्ड सेन्टरको पहलमानेपालमागएको विनाशकारी भुकम्पको बेलामारु. ४२लाखभन्दामाथिको सहयोग संकलनगरि नेपालको मकवानपुरमा १९ वटाघर र गोरखा जिल्लामा ७ वटा भन्दा बढी विद्यालयपुनर्निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने स्थानिय स्वयम् सेवक मार्टिन फ्लिन्ट, शिलाफ्लिन्ट र कासिमकासिमलाई विषेश धन्यवाद सहितकदर-पत्रप्रदानगरिएको थियो।

आजको कार्यक्रमकाविशेष आकर्षण बद्री पंगेनीलाई सेन्टरका तर्फबाट कदर पत्रप्रदान गरिएको थियो ।सेन्टरको अर्को महत्वपूर्ण कार्यक्रमहिमालयन पेट्रोएटसले नेपालीबालबालिकाहरुलाई विगत २ वर्ष देखि फूटबल सिकाउदैआएको छ।

सो कार्यक्रममानिरन्तर रुपमा स्वयम्सेवी प्रशिक्षण तथा व्यवस्थान गर्ने शिशिर भुषाल, गौरव रेग्मी, दीपक अधिकारी र रिम्सा दाहाललाई प्रशंसा पत्र प्रदान गरिएको थियो।

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100