MENU

बुद्ध र लुम्बिनीलाई चिनाउन बेल्जियमबाट नयाँ वेबसाइट

अन्‍नपूर्ण मंगलवार, चैत २९, २०७३ 8209 पटक पढिएको

Share This

काठमाडौं: नेपालको पहिचान र राष्ट्रिय गौरव भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई लुम्बिनी-कपिलवस्तु विश्व अभियान, बेल्जियमले नयाँ वर्षको अवसर पारे नयाँ वेबसाइट संचालनमा ल्याउने भएको छ।अभियानले नेपालको प्रचार प्रसार र प्रवर्धन थप उचाईमा गर्ने उद्देश्यले अंग्रेजी भाषामा एलकेजीसीबी डट ओआरजी ल्‍याउन लागिएको विज्ञप्ति मार्फत जनाइएको छ।

अभियानका अध्यक्ष दामोदर प्रसाद आचार्य र महासचिव नन्दराज घलेद्वारा जारी विज्ञप्तिमा भनिएको छ 'वेबसाइटमा नेपालको बारेमा विशेष गरेर विदेशीहरुलाई लक्षित गरेर थप जानकारी दिने उद्देश्यले वेबसाइटलाई डच, फ्रेन्च र जर्मन भाषामा रुपान्तरित गरेर हेर्न सकिने प्रावधानका साथ प्रस्तुत गरिनेछ।'

यसका साथै लुम्बिनी-कपिलवस्तु विश्व अभियानको आठौँ वार्षिकोत्सवको सन्दर्भमा २७ नोभेम्वर २०१६ का दिन बेल्जियमको होटेल बेड्फोर्ड एण्ड कङ्ग्रेस सेन्टर, ब्रुसेल्समा सम्पन्न उक्त सम्मेलनमा बेलायतको दुरहाम विश्वविध्यालयका पुरातत्वविद एवं युनेस्को रिसर्च फेलो डा.मार्क जे. म्यानुयलले आफ्नो कार्यपत्रका साथै दुरहाम विश्वविध्यालयका प्रोफेसर रोबिन कोनिङ्घाम र नेपालका वरिष्ठ पुरातत्वविद एवं युनेस्को कन्सल्टेन्ट कोषप्रसाद आचार्यको महत्वपुर्ण कार्यपत्रहरुलाई प्रस्तुत गर्नुभएको थियो।

लुम्बिनी र कपिलवस्तुको बारेमा अन्तर्राष्ट्रिय जगतलाई थप जानकारी दिने तथा रहेका भ्रमहरुलाई चिर्ने उद्देश्यले अभियानले सम्मेलनमा प्रस्तुत कार्यक्रमको सम्पूर्ण भिडियोलाई वेबसाईटमा राख्‍नेछ। जसबाट विश्वका जनताले लुम्बिनी र कपिलवस्तुको बारेमा सहि सुचना पाउनेछन्। साथै बुद्धको जन्मस्थल लुम्बिनी नेपालको भ्रमण गर्ने बौद्ध धर्मावलम्वीहरुको साथै अन्य पर्यटकहरुको संख्यामा अभिवृद्धिमा थप टेवा पुग्‍नेछ।

 

प्रतिकृया दिनुहोस

थप सामग्री

Dish latest