MENU

दक्षिण कोरियामा एक नेपालीको मृत्यु

विकाश श्रेष्ठ सोमवार, चैत २८, २०७३ 6657 पटक पढिएको

Share This

सउलः दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ। इपीएसमार्फत दुई वर्षअघि कोरिया आएका सुनसरीका चुडाराज आलेको मृत्यु भएको हो।

आले ख्वाङ्जु ह्वासुनस्थित कम्पनीमा कार्यरत थिए। राम्रोसँग खानपिन गरेर सुतेका २४ वर्षीय आले सोमबार विहान कोठामै मृत भेटिएको कोरियन प्रहरीलाई उद्धृत गर्दै नेपाली दूतावासले जनाएको छ।

कोरियन प्रहरीले आलेको मृत्यु भएको बारे नेपाली दूतावासलाई जानकारी गराएको श्रम सहचारी देवराज ढकालले बताउनुभयो। सन् २००८ यता रोजगारीको शिलशिलामा दक्षिण कोरियामा आएका एक सयभन्दा बढी नेपालीको मृत्यु भइसकेको छ।

प्रतिकृया दिनुहोस

थप सामग्री

Annapurna Post1140X100