MENU

बस र ट्रक ठोक्किँदा ११ जना घाइते

मंगलवार, चैत ८, २०७३ 880 पटक पढिएको

Share This

चितवन : चितवनको खैरहनीमा ट्रक र बस डोक्किदा ११ जना घाइते भएका छन् । काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख २२९५ नम्बरको बस र वीरगन्जबाट पोखरा जान आउँदै गरेको ना ६ ख ७९७१ नम्बरको ट्रक पूर्वी चितवनको खैरहनीस्थित राजमार्गमा एकापसमा ठक्कर खाँदा ११ जना घाइते भएका हुन । घटना राति साढे बाह्र बजे भएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बसमा सवार नौजना र ट्रकका दुई जना घाइते भएका हुन् । घाइतेहरुको भरतपुर मेडिकल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस

dishhomeapp