MENU

सहकारीका नाममा एक करोडभन्दा बढी ठगी गर्ने महिला पक्राउ

मनिका झा सोमवार, चैत ७, २०७३ 22460 पटक पढिएको

Share This

जनकपुरः सहकारीका नाममा सर्वसाधारणको एक करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा धनुषामा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

सर्वसाधारणले बचत गरेको एक करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय यदुकोहाले पञ्चकन्या बचत तथा ऋण सहकारी संस्थाकी सञ्चालिका पुनम साहलाई पक्राउ गरेको हो।

जनकपुरमा प्रधान कार्यालय रहेको सो सहकारी संस्थाकी सञ्चालिका साहले यसअघि नै शाखा कार्यालय महेन्द्रनगरमा रहेको आर्थिक कारोबार सम्बन्धी कागजपत्रहरु गायव गरिसकेको र यदुकोहा शाखाका कागजपत्रहरु गायव पार्न खोजेपछि कर्मचारीहरुले नै नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको यदुुकोहाका प्रहरी निरीक्षक पवन झाले जानकारी दिए।

साहमाथि ठगी मुद्दा चलाइएपनि इलाका प्रहरी कार्यालयमा महिला प्रहरीको अभाव भएकाले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी निरीक्षक झाले बताए। तीन सयभन्दा बढी सर्वसाधारणले बचत गरेको एक करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको साहमाथि आरोप छ।

 

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100