MENU

व्यवसायीको चेतावनीः साझा बस भक्तपुर भित्र्याइए ग्रामीण भेगका रुट ठप्प पार्छौं

अन्नपूर्ण सोमवार, चैत ७, २०७३ 6951 पटक पढिएको

Share This

भक्तपुरः भक्तपुरका यातायात व्यवसायीले भक्तपुरमा साझा बस भित्र्याए ग्रामीण भेगका सम्पूर्ण रुट ठप्प पार्ने चेतावनी दिएका छन्।

व्यवसायीहरुले साझा यातायातले शहरी भेगमा मात्र रुट सञ्चालन गर्न लागेको भन्दै उनीहरुले विरोध जनाउँदै त्यस्तो भए भक्तपुरका ग्रामीण भेगमा सवारी ठप्प पार्ने चेतावनी दिएका हुन्।

रफत सञ्चार क्लवमा सोमबार पत्रकार सम्मेलन गरी भक्तपुर मिनिवस सेवा समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले समिति अन्र्तगत १७ रुटका ३ सय ३७ गाडी सञ्चालनमा रहेपनि यात्रुहरुको सेवालाई ध्यान दिएर थप ४० वटा साझा बस सरहका गाडी मगाइएको बताए। उनले साझा बस भित्रिए ग्रामीण रुट ठप्प पार्ने चेतावनी दिए।

ग्रामीण भेगमा घाटा सहेर पनि यातायात सञ्चालन गरिरहेको बताउँदै उनले शहरी भेगमा नाफा कमाउने हिसावले साझा बस भित्र्याउन खोजिएको बताए। उनले सरकारले पहिला भक्तपुरमा साझा बस नपठाएको र व्यवसायीले साझा बसभन्दा सुविधा सम्पन्न बस भित्र्याउन थालेपछि काठमाडौंमा घाटा भएका बस भक्तपुरमा पठाउन थालेको आरोप लगाए।

कोटेश्वर पूर्व बस समन्वय समितिका अध्यक्ष बलराम त्वानाबासुले मिनीबस सेवा समितिले ४१ सिट क्षमताका लामो ४० वटा बस आउन लागेको अवस्थामा काठमाडौंको रुटमा घाटा भएपछि साझा बस भक्तपुर चलाउने कार्यको विरोध गरे।

भक्तपुर मिनिवस सेवा समितिका पूर्व अध्यक्षहरु रामकाजी भुजू र राजन कसलवटले सरकारले सहकारीबाट ऋण लिएर सञ्चालनमा रहेका बसहरुलाई बन्द गराउँदै सहकारी डुबाउने खेलमा लागेको आरोप लगाए।

प्रतिकृया दिनुहोस

Dish latest