MENU

एनसेलले फ्रि ट्वीटर र विकिपिडिया सेवा चैत १२ देखि बन्द गर्ने

अन्नपूर्ण सोमवार, चैत ७, २०७३ 7944 पटक पढिएको

Share This

काठमाडौंः एनसेलले आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै आएको फ्रि ट्वीटर र विकिपिडिया सेवा बन्द गर्ने भएको छ।

ट्वीटरसँगको सम्झौता चैत १२ गतेदेखि सकिने भएकाले एनसेलले यो सेवालाई बन्द गर्न लागेको हो। कम्पनीका कर्पोरेट सम्बाददाता मिलनमणि शर्माले ट्वीटरसँगै विकिपिडियामा ग्राहकलाई दिएको फ्रि सेवालाई निरन्तरता दिने प्रयास गरिएपनि सक्ने अवस्था नभएपछि एनसेलले यो सेवा बन्द गर्ने निर्णय लिएको हो।

शर्माका अनुसार ग्राहकमा कुनै पनि नकारात्मक असर नपरोस भनेर कम्पनीले ६ दिनअघि नै यसबारे सार्वजनिक सूचना प्रकाशित गरिएको हो।

 

प्रतिकृया दिनुहोस

Dish latest