MENU

मञ्जुश्रीको शाखा नेपालगन्जमा

सोमवार, चैत ७, २०७३ 99 पटक पढिएको

Share This

काठमाडौं : मञ्जु श्री फाइनान्स लिमिटेडले आफ्नो आठौं शाखा कार्यालय बाँके जिल्लाको नेपालगन्जस्थित सुर्खेत रोडमा सुरु गरेको छ । मञ्जु श्री फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौलाले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाइनान्सको नारायणगढ-चितवन, न्युरोड-काठमाडौं, बुटवल-रूपन्देही, धनगढी-कैलाली, इटहरी-सुनसरी तथा विराटनगर-मोरङमा शाखा छन् ।

२८ करोड ५७ लाख चुक्ता पुँजी रहेको यस फाइनान्सको एक बराबर १.७५ को अनुपातमा हकप्रद सेयर जारी भई संकलनको क्रममा छ । फाइनान्सको हालसम्मको निक्षेप तीन अर्ब ४४ करोड तथा कर्जातर्फ तीन अर्ब २३ करोड परिचालन भएको छ । यसका साथै यस फाइनान्सले विप्रेषण, एटीएम सेवालगायत निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100