MENU

चन्द्रागिरि केबलकारमा लन्च ब्रेक

सोमवार, चैत ७, २०७३ 341 पटक पढिएको

Share This

काठमाडौं : चन्द्रागिरि केबलकारमा आइतबारदेखि दिउँसो एक घन्टा लन्च ब्रेक गर्ने भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडको नयाँ व्यवस्थाअनुसार दिउँसो १२:३० देखि १:३० बजेसम्म चन्द्रागिरि केबलकार बन्द हुनेछ ।

केबलकार इन्जिनलाई केही समय रेस्ट दिनुपर्ने भएकाले कम्पनीमा कार्यरत कर्मचारीको लन्च ब्रेक पारेर दिउँसो एक घन्टा केबलकार बन्द गर्ने व्यवस्था लागू गरेको कम्पनीले जनाएको छ । तर यो व्यवस्था सार्वजनिक विदाका दिन तथा शनिबार भने लागू हुने छैन ।

केबलकारबाहेक चन्द्रागिरि हिल्स परिसरमा रहेका अन्य सेवा जस्तैः रेस्टुरेन्ट, बार, वाल उद्यान नियमति सञ्चालन हुनेछन् । स्थापनादेखि नै चन्द्रागिरि हिल्स व्यवस्थापनले बिहानदेखि साँझ ५ बजेसम्म केबलकार नियमित सञ्चालन गर्दै आएको थियो ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा रहेको चन्द्रागिरि डाँडामा कम्पनीले निर्माण गरेका पूर्वाधार विशेष गरी भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गर्नुको साथै भ्यू टावरमा राखिएको दुर्विनबाट सगरमाथालगायत अन्य हिम शृखलाकोसमेत दृश्यावलोकन गर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस

dishhomeapp