MENU

अंशुलाई मिस नेवाः पोखराको ताज

अन्नपूर्ण सोमवार, चैत ७, २०७३ 970 पटक पढिएको

Share This

पोखराः पोखरामा सम्पन्न नेपाल संवत् ११३७ मिस नेवाः पोखराको उपाधि तेर्सापट्टीकी अंशु शाक्यले जितेकी छन् । प्रतिस्पर्धामा १७ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस ट्यालेन्टसहित शीर्ष उपाधि जितेकी हुन् । शाक्यले ४० हजार रुपैयाँ, सीजी ब्रान्डको ३२ इन्चको एलईडी टीभी तथा विभिन्न उपहारहरू प्राप्त गरेकी छन् । २० वर्षीया शाक्यलाई एलिशा जोशीले ताज पहिर्‍याइदिएकी थिइन् ।

नेवाः खल कास्कीको आयोजनामा भएको प्रतियोगितामा रामकृष्ण टोल पोखराकी निकिता लिगल फस्ट रनरअप बनिन् । चिप्लेढुंगाकी प्रार्थना डंगोल बेस्ट पर्सनालिटीसहित सेकेन्ड रनरअप बनिन् । निकिताले २५ हजार एवं डंगोल १५ हजार रुपैयाँसहित विभिन्न उपहारहरू प्राप्त गरेका छन् ।

प्रतियोगितामा भ्युवर्स च्वाइस अवार्ड र बेस्ट नेवार भाषाको उपाधि मोहोरिया टोलका रसना बुद्धाचार्यले जितिन् । उनले बेस्ट नेवार भाषाका लागि सात हजार तथा भ्युवर्स च्वाइसका लागि पाँच हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरिन् । नदीपुरका ज्यास्मिन श्रेष्ठले बेस्ट स्माइल, बागबजारका श्रद्धा श्रेष्ठले मोस्ट फ्रेन्ड्ली तथा नयाँबजारका सिम्रन श्रेष्ठले मिस फोटोजेनिकको विषयगत उपाधि जिते । उनीहरूले क्रमशः पाँच हजार नगद तथा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे ।

कार्यक्रममा बोल्दै नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवार भाषा र संस्कृति जगेर्ना तथा युवापुस्तामा हस्तान्तरणका लागि कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा उच्च अदालत पोखराका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, कार्यक्रम संयोजक शम्भुलाल श्रेष्ठलगायतले भाषा र संस्कृति संरक्षणमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस

थप सामग्री

Annapurna Post1140X100