MENU

नेपाल सरकार मेटेर मोर्चाले लेख्यो मधेस सरकार

मनोहरकुमार बिहीबार, चैत ३, २०७३ 100281 पटक पढिएको

Share This

राजविराजः सप्तरीको राजविराज क्षेत्रमा रहेको स्थानीय निकायका कार्यलयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बिहीबार तालाबन्दी गरेका छन् । मोर्चाका संयोजक दिनेशकुमार यादवको नेतृत्वमा पुगेका मोर्चा कार्यकर्ताले जिल्ला समन्वय समितिको कार्यालय र राजविराज नगरपालिको कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले कार्यालय प्रमुख र प्रशासन कक्षमा समेत ताला लगाएका छन् ।

तालाबन्दी गर्न गएका मोर्चा कार्यकर्ताले एक दिन अघि मात्र लेखिएको जिल्ला समन्वय समितिको कार्यालय मेटाई सो स्थानमा जिल्ला विकास समितिको कार्यालय र नेपाल सरकार मेटाई सो स्थानमा मधेस प्रदेश सरकार लेखेका छन् ।

स्थानीय तह पुर्नसंरचनाको विरोधमा रहेको मोर्चाले बिहीबारदेखि गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समिति कार्यान्वयन भएपछि तालाबन्दी गरेको हो । जिल्लाका सबै गाविस, नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गर्ने जनाएको मोर्चाले तालाबन्दी अनिश्चित रहने बताएको छ ।

आगामी बैशाख ३१ गतेका लागि निर्धारित स्थानीय निकायको निर्वाचन र स्थानीय तह पुर्नसंरचना कार्यान्वयन हुन नदिने मोर्चाले निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100