MENU

केहो सिलिएक एलर्जी ?

डा. ललितकुमार मिश्र बुधवार, चैत २, २०७३ 5867 पटक पढिएको

Share This

तपाईंका बालबालिकामा प्रायः पेट दुख्ने, पेट फुल्ने, पातलो दिसा हुने, रुघा लाग्ने, रगतको कमी हुने, शरीरको वृद्धि रोकिनेजस्ता समस्या छन् भने यसलाई हेलचेक्र्याइँ नगर्नुस् । यसो हुनु भनेको सिलिएक डिजिज अर्थात् गहुँबाट हुने एक प्रकारको एलर्जी हो । यस रोगमा गहुँमा पाइने ग्लुटेन प्रोटिन शरीरमा पाचन हुन पाउँदैन । यसले शरीरको सानो आन्द्राको भित्री भागको सतह ‘बिलाई'लाई नष्ट गर्न थाल्छ । अनि उल्लिखित लक्षण देखिन थाल्छन् । त्यसो भएमा सम्बन्धित विज्ञलाई देखाइहाल्नु राम्रो हुन्छ ।

एलर्जीको प्रकारः गहुँबाट हुने एलर्जीमा मुख्य गरी तीन प्रकारको समस्या हुन्छ । पहिलो- गहुँबाट हुने एलर्जी, दोस्रो- ग्लुटेन इनटोलेरर्नस र तेस्रो- ह्विट इनटोलेरर्नस ।

गहुँबाट हुने एलर्जीः गहुँबाट एलर्जी त्यस बेला हुन्छ जब शरीरमा पाइने प्रोटिन, एलबुमिन, ग्लोबुलिन, ग्लिएडिन र ग्लुटिनप्रति इम्युनो ग्लोबुलिन (आईजीई) एन्टिबडिजका रूपमा विपरीत प्रतिक्रिया दर्शाउँछ । यसबाट हुने एलर्जीमा सामान्यतया देखिने लक्षणहरूमा छालासम्बन्धी रोग जस्तै- आर्टिकेरिया (डाबर) आउनु, एग्जिमा, एन्जियोडिमा, पेट दुख्नु, पेट बटारिनु, वाकवाकी लाग्नु, बान्ता हुनु, मुखमा घाउ हुनु, आस्थमा, एलर्जिक राइनाइटिस, कब्जियत या पखाला लाग्नु, पेटमा अत्यधिक ग्यास बन्नु, टाउको दुख्नु, अत्यधिक कमजोरी महसुस हुनु, हड्डी तथा जोर्नी दुख्नु, हात या खुट्टाको औंला झमझमाउनु, बैचैनी, डिप्रेसन, स्किनरेसेज, नङमा सेतो दाग देखिनु, घाँटी पोल्नु, शरीरको तौल घट्नु, हल्का चोटपटक लागेमा पनि हड्डी भाँचिनु आदि ।

ग्लुटेन इनटोलेरेन्स सिलिएक डिजिज शरीरको इम्युनोसिस्टम (प्रतिरक्षा प्रणाली)को अनुवंशिक रोग हो । यसमा गहुँमा पाइने ग्लुटेन प्रोटिन तत्ववलाई नै यसको मुख्य कारण मानिन्छ । यसले खलनायकको भूमिका निर्वाह गर्छ । भोजनको माध्यमले जब ग्लुटेन शरीरभित्र पुग्छ, अनि यसले सानो आन्द्राको म्युकोसको बिलाईलाई नै नष्ट गर्न सुरु गरिदिन्छ । सानो आन्द्राको बिलाईले नै भोजनको पोषक तत्ववलाई अवशोषित गरी त्यसलाई रगतको माध्यमले शरीरमा पठाउने काम गर्छ । भोजनमा भिटामिन, क्याल्सियम, प्रोटिन, कार्बोहाइड्रेड, फ्याट्स तथा अन्य पोषक तत्वव हुन्छन् । यसरी सानो आन्द्राको बिलाई नष्ट हुन थालेपछि यसले गर्नुपर्ने काम गर्न सक्दैन । फलस्वरूप यसबाट प्रभावित व्यक्ति विस्तारै दुब्लाउँदै जान्छ र कुपोषणको सिकार हुन्छ ।

ह्विट इन्टोलेरेन्सः हामीले खाएको खाना पचाउन शरीरले एक प्रकारको पाचनरस (इन्जाइम) नामक तत्ववको निर्माण गर्छ । शरीरमा इन्जाइम तत्ववको निर्माण भएन भने गहुँको पाचन हुन पाउँदैन । फलस्वरूप विस्तारै शरीर ह्विट इन्टलरेन्स अर्थात् गहुँजस्तो हानिरहित अन्नप्रति असहनशीलता (एलर्जी)कोजस्तो प्रतिक्रिया देखाउन थाल्छ ।

कारणः सिलिएक एलर्जी (गहुँबाट हुने)को कारण के हो ? भन्न गाह्रो छ । किनभने हालसम्म पनि यस रोगको बारेमा यही नै कारण हो भनेर ठोकुवा गर्ने अवस्था छैन । चिकित्सा विशेषज्ञहरू अहिले पनि यस रोगको खोजिमको खोजीमै लागिरहेका छन् । हालसम्म कारण अज्ञात नै छ । भारतको राजस्थान स्टेटमा सन् २०१६ तिर गरिएको सर्वेक्षणअनुसार यस रोगबाट लगभग साढे तीन लाख व्यक्ति प्रभावित पाइएका छन् ।

रोग निदानः सेलिएक डिजिज (आईजीए) र आईजीडी एन्टिबोडिजको ग्लुटेन तत्ववको प्रतिक्रियाको परिणाम हो । बालबालिकामा राम्रोसँग जाँच गरियो भने यस रोगको पत्ता चाँडै लाग्छ । तर, वयष्कहरूमा यो रोग थाहा पाउन अलि गाह्रो पर्छ । किनभने वयष्कमा यसको लक्षण त्यति सिभियर हुँदैन ।

उपचारः एलोप्याथिक चिकित्सा पद्धतिमा यस रोगको कुनै उपचार छैन । किनभने यो रोग कुनै ब्याक्टेरिया वा भाइरसबाट लाग्दैन । यो रोग गहुँजस्तो अन्नबाट हुन्छ । यसकारण यस रोगबाट प्रभावित व्यक्तिले जीवनभरि नै गहुँ, जौ,जस्ता खाद्यपदार्थ- जसमा ग्लुटरन हुन्छ, ती सधैंका लागि बन्द गर्नुपर्छ ।

के खानेः भात, चिउरा, मकै, कोदो, फापर, भुजा, आरारोट, साबुदाना, आलु, दूध तथा दूधबाट बनेका परिकार- घिउ, मख्खन, रसबरी, बर्फी, ताजा माछा, मासु, अण्डा, पपकर्न, फलफूलहरू, हरियो सागपात, कफी, मह, चनाको बेसनबाट बनेको परिकार खान सकिन्छ ।

के नखानेः गहुँ, पीठो, मैदा, पुरी, जलेबी, सुजी, सेबई, जौ, समोसा, ब्रेड, डुनोट, दलिया, आइसक्रिम, माल्टेड दूध, कास्टर्ड पाउडर, बिस्कुट, प्रोटिन पाउडर, पेय पदार्थमा बियर आदि नखाने ।

होमियोप्याथिक उपचारः यस विधिमा कुनै पनि रोगको उपचार गर्दा रोगीको मानसिक एवं शारीरिक लक्षणलाई हेरेर सम्पूर्ण रूपमा व्यक्तिविशेषको अध्ययन गरी उपचार गरिन्छ । सिलिएक एलर्जीको उपचारमा रोगीको लक्षणअनुसार प्रयोग हुने केही होमियोप्याथिक औषधिमा बारबेरिस भल्गेरिस, लाइकोपोडियम, नेट्मम्युर, नेट्रमसल्फ, कार्बो एनिमेलिस, कार्बोभेज, कास्टिकम, आइरिस, कालिकार्ब, लेकेसिस, पल्साटिला, पल्मबम, एलिएमसिपा आदि पर्छन् । औषधिको प्रयोग भने विज्ञहरूको सल्लाहमा मात्रै गर्नु राम्रो हुन्छ ।

प्रतिकृया दिनुहोस

थप सामग्री

Dish latest