MENU

दक्षिण कोरियामा एक नेपाली व्यवसायी पक्राउ

लिलु डुम्रे मंगलवार, चैत १, २०७३ 34563 पटक पढिएको

Share This

सउलः दक्षिण कोरियामा एक नेपाली व्यवसायीलाई पक्राउ परेका छन्। सुवनस्थित पूर्णिमा रेस्टुरेन्टका सञ्चालक शिव रेग्मीलाई प्रहरीले इन्छन विमानस्थलबाट पक्राउ गरेको हो। अमेरिकाबाट जापान हुँदै कोरिया फर्केका रेग्मीलाई विमानस्थलबाट प्रहरीले समातेको हो।

विगत २० वर्षदेखि कोरियामा रहेका रेग्मीले नेपालीहरुका लागि कानुनी परामर्शदाताको कार्य गर्दै आएका थिए। कोरियन महिलालाई विवाह गरेका रेग्मीले भाषा अनुवादकको काम पनि गर्दै आएका छन्।

रेग्मीलाई शरणार्थी भिषा बनाउने क्रममा नक्कली सिफारिस पत्र बनाइदिएको आरोपमा अनुसन्धानका लागि गत बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस

थप सामग्री

Dish latest