MENU

भारतीय राजदूतमा पुरी नियुक्त

शनिवार, फागुन २८, २०७३ 13215 पटक पढिएको

Share This

काठमाडौः नेपालका लागि भारतीय राजदूतमा मन्जिवसिंह पुरी नियुक्त भएका छन् । भारतीय विदेश मन्त्रालयले पुरी नेपालका लागि नयाँ राजदूत नियुक्त भएको शुक्रबार अपराह्न घोषणा गरेको हो । भारतले अघिल्लो साता पुरीको नाम नेपालसमक्ष सहमतिका लागि प्रस्ताव गरेको थियो । नेपालले हालै उनको नाममा सहमति (एग्रिमो) दिएको थियो ।

सन् १९९२ मा विदेश सेवामा प्रवेश गरेका पुरी हालसम्म बेल्जियमका लागि भारतीय राजदूत छन् । भारतीय राजदूत पुरी कार्यभार समाल्न छिट्टै नेपाल आउने भएका छन् । काठमाडौंस्थित भारतीय कार्यवाहक राजदूत विनय कुमारले परराष्ट्रसचिव शंकरदास बैरागीलाई पुरी मार्च अन्तिमसम्म नेपाल आउने जानकारी गराएका थिए । पूर्वराजदूत रन्जित रे कार्यकाल सकेर अघिल्लो साता स्वदेश फर्किएका थिए ।

प्रतिकृया दिनुहोस

थप सामग्री

Dish latest