MENU

राजधानीले पूरा गर्दैछ चाहना

शुक्रवार, फागुन २७, २०७३ 818 पटक पढिएको

Share This

मिस लिम्बू २०१६ को उपाधि विजेता सानु नेम्बाङ मोडलिङमा रुचि राख्छिन् । झापाको बिर्तामोडस्थित कन्काई कलेजबाट बीबीएस पूरा गरी अहिले उनी स्नातकोत्तर अध्ययनको तयारीमा छिन् ।

सानुले लुकाएर राखेको, हाम्रो प्यारो पाँचथरलगायतका केही म्युजिक भिडियोमा मोडलिङ पनि गरेकी छन् । पाँचथरको रानीटारमा जन्मेकी उनी हाल काठमाडौंमा बस्न थालेकी छन् । कला क्षेत्रमा सानैदेखि रुचि भए पनि काठमाडौं आएपछि मात्रै त्यो चाहना पूरा भएको उनको भनाइ छ । सुरुमा यस क्षेत्रमा परिवारको खासै साथ थिएन । अहिलेचाहिँ विस्तारै साथ र सहयोग पाउन थालेकी छन् । ‘मोडलिङमा रुचि भए गर्नु तर पढाइचाहिँ नछाड्नु भन्नुहुन्, सानुले भनिन् ।

२४ वर्षीया उनी पाँच फिट दुई इन्च अग्ली छिन् । मोडलिङ क्षेत्रमा ग्ल्यामरस छवि हुनेहरूको प्रभाव भए पनि उनी त्यो पक्षमा भने छैनन् ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100