MENU

टाउकोमा अन्डा फुटाइदिएः करिश्मा मानन्धर

शुक्रवार, फागुन २७, २०७३ 8414 पटक पढिएको

Share This

सदाबहार नायिकाको छवि बनाएकी करिश्मा मानन्धर होलीकी सोखिन हुन् । पछिल्लो समय उनले कलाकारलाई आफ्नै निवासमा निम्तो दिएर उल्लासका साथ होली मनाउन थालेकी छन् । कतिपय कलाकार होली आएपछि करिश्मालाई सम्झन्छन् । रंगीन पर्व होली उनलाई मन पर्ने पर्व पनि हो । होलीका बारेमा अभिनेत्री करिश्मासँग भएको संक्षिप्त कुराकानीः

होली भन्नासाथ कलाकारहरूले तपाईंलाई सम्झन थाले नि ?
पछिल्ला वर्षहरूमा सबै कलाकारलाई घरमा बोलाएर रमाइलो गरी होली मनाउने, भेटघाट गर्ने सुरुआत गरेको छु । धेरैजनाको सहभागिताले रमाइलो पनि हुन्छ । सायद त्यही भएर हो कि ।

यसपालिको होली योजना के छ ?
यसपटक पनि घरमै मनाउने हो । कलाकर्मीलाई बोलाउँछु । तर, यसपालि कलाकार र केही राजनीतिज्ञ पनि हुन्छन् ।

होलीप्रति कसरी यति धेरै मोह बस्यो ?
होलीमात्रै होइन, सबै चाडपर्वलाई म उत्तिकै महत्वव दिन्छु । होलीभन्दा पनि मलाई त लक्ष्मीपूजा मन पर्ने चाड हो । गर्मी मलाई मन पर्छ । जाडो समय गएर गर्मी आउने भएकाले होलीमा रमाइलो लाग्छ ।

होलीको कुन पक्षले तपाईंलाई बढी आकर्षित गर्छ ?
दसैंतिहारमा जस्तो धेरै खर्च हुँदैन । प्रकृति र मानिसबीच सम्बन्ध प्रगाढ हुन्छ । होली प्रकृतिसँग जोडिएको चाड हो । रङको चाड हो । जीवन रंगीन छ । त्यसैले यो चाड मलाई रमाइलो लाग्छ ।

होलीलाई ग्ल्यामरस पर्वका रूपमा लिन थालिएको हो ?

सबै चाडपर्वका आआफ्नै विशेषता हुन्छन् । कतिपय चाडपर्व समयअनुसार परिमार्जन पनि हुन्छ । खासगरी खुसी एवं बिन्दास भएर मनाइने भएकाले होलीलाई ग्ल्यामरस रूपमा लिइएको होला ।


होलीसम्बन्धी कुनै स्मरणीय घटना ?

विवाह हुनुअगाडि साथीसाथी मिलेर होली खेल्न लगनखेलतिर गएका थियौं । त्यहाँ होली खेलिरहेका केटाहरूले मेरो टाउकोमा हानेर दुईवटा अन्डा फुटाए । हुन त रमाइलोका लागि त्यसो गरेका होलान् तर हामी त डराएर त्यहाँबाट टयाक्सी चढेर भाग्यौं ।

विदेशमा हुँदा पनि मनाउनुहुन्थ्यो ?
विदेशमा होली खासै मनाइएन । तर, होलीजस्तै वाटर फेस्टिभल भए पनि होलीमा जस्तो रमाइलो हुँदैन ।

प्रतिकृया दिनुहोस

dishhomeapp