MENU

रनवे मोडल बन्ने चाहना(भिडियाेसहित)

अन्नपूर्ण शुक्रवार, फागुन २०, २०७३ 2650 पटक पढिएको

Share This

मदन भण्डारी मेमोरियल कलेजमा आम सञ्चार विषयमा प्लु टु पढिरहेकी सुमी बानियाँले दुई वर्ष अगाडिदेखि मोडलिङ गर्न थालेकी हुन् । बुद्धनगरस्थित रोजबड स्कुलबाट एसएलसी परीक्षा दिएपछि ‘एन्ड दी विनर इज' नामक सौन्दर्य प्रतियोगितामा भाग लिइन् । यसको केही समयपछि ‘अल्टिमेट मोडेल नेपाल' नामक अर्को प्रतियोगितामा सहभागिता जनाउँदै सेकेन्ड रनरअपको उपाधि हात पारिन् । उनले मस्ट ब्युटिफुलको उपाधि पनि जितिन् । १७ वर्षिया सुमीको रनवे मोडलका रूपमा अन्तर्राष्ट्रिय स्तरसम्म चिनिने रहर छ ।

सौन्दर्य प्रतियोगितामा कसरी आकर्षित हुनुभयो ?
आफूले बुझ्ने भएदेखि नै टेलिभिजनमा प्रसारण हुने मिस नेपाल प्रतियोगिता हेर्थें । यसबाहेक विभिन्न नेपाली तथा भारतीय मोडेलका शोहरू टेलिभिजनमा हेर्थें । यसले मलाई मोडलिङमा लाग्ने रहर जगायो । त्यसैगरी मेरो अंकल, आन्टी पनि गायन क्षेत्रमा भएकाले म यो क्षेत्रप्रति आकर्षित भएँ ।

म्युजिक भिडियोमा रुचि ?
म आफूलाई रनवे मोडलका रूपमा चिनाउन चाहन्छु । त्यसैले मलाई अहिले धेरै म्युजिक भिडियो र चलचित्रमा काम गर्ने प्रस्ताव आए पनि स्वीकारेको छैन । मोडल भएपछि हरेक क्षेत्रमा भिज्नुपर्छ भन्ने चाहिँ लाग्छ ।

पहिलो म्युजिक भिडियो कोसँग गर्न चाहनुहुन्छ ?
दीपक घिमिरे । उहाँले मोडलिङमार्फत नेपालको नाम अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउनुभएको छ ।

मोडलिङमा औपचारिक तालिम लिनुभएको छ ?
मैले सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा अभिनय, नृत्य, मोडलिङलगायतका कक्षा लिएको छु ।

चलचित्रमा मौका पाए कोसँग डेब्यु गर्न चाहनुहुन्छ ?
चलचित्रको कथा मन परेर काम गरें भने पुष्प खड्कासँग अभिनय गर्न चाहन्छु ।

यस क्षेत्रमा परिवारको साथ ?
मलाई मेरो आमाबाबा, अंकल आन्टी सबैले साथ र सहयोग गर्नुभएको छ । परिवारको साथ बिना यस क्षेत्रमा लाग्न साह्रै गाह्रो हुन्छ ।

मोडलिङबाट करियर बनाउन सकिन्छ ?
यस क्षेत्रमा इमानदार भएर राम्रोसँग काम गरे अवश्य करियर बनाउन सकिन्छ । यसलाई साकार पार्ने क्षमता मसँग छ जस्तो लाग्छ ।

भिडियाे हेर्नुहाेस्

प्रतिकृया दिनुहोस

Dish latest