MENU

गृहमन्त्री पुगेपछि १६ दिनदेखिको अनसन तोडियो

मनिका झा शुक्रवार, फागुन ६, २०७३ 5107 पटक पढिएको

Share This

जनकपुरधाम : आधुनिक जनकपुरको माग गर्दै विगत १६ दिनदेखी स्थानीय जनक चौकमा आमरण अनशनमा बसेका बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्मासहित तीनजनाले शुक्रबार अनशन तोडेका छन् ।

उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले अनशनकारीले उठाएको माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएपछि शर्मासहित नयाँ शक्ति पार्टीका प्रदेश नम्बर २ का संयोजक कलामुद्दिन राइन र मिथिलेश्वर दासले अनसन तोडेका हुन्।

गृहमन्त्री निधिले तीनैजनालाई जुस खुवाएर अनशन तोडाएका हुन् । दुवै पक्षबीच नेपाल सरकारको नेतृत्वमा मागसँग सम्बन्धित मन्त्रालयका प्रतिनिधि सम्मिलित समिति सातदिन भित्र गठन गर्ने र एक महिना भित्रै प्रक्रिया अघि बढाउने सहमति भएपछि अनशन तोडिएको हो ।

अनशनस्थल पुगेका उपप्रधान तथा गृहमन्त्री निधिले अनशनकारीसँग कुराकानी गर्दै जनकपुरको विकासका लागि उठाइएका मागहरु पहिलादेखी आफूले उठाएको एजेण्डाको समर्थन रहेको बताउंदै यसको लागि अनशननै गर्नुपर्ने कुनै आवश्यकता रहेको उल्लेख गरे ।

अनसनकारीको माग सम्बोधन गर्नका लागि सरकारको तर्फबाट आफूले अविलम्ब प्रयास सुरु गर्ने निधिले प्रतिबद्धता जनाए ।

राजनीतिक अस्थिरताको कारण विकास निर्माणको कार्यले तिव्रता पाउन नसकेको उल्लेख गर्दै गृहमन्त्री निधिले राजनीतिक स्थायित्व पछिनै देश विकासको दिशामा अघि बढ्ने बताए ।

Yamaha

प्रतिकृया दिनुहोस

dishhomeapp