MENU

पलनीसामी भए मुख्यमन्त्री

एजेन्सी शुक्रवार, फागुन ६, २०७३ 2734 पटक पढिएको

Share This

चेन्नईः दक्षिण भारतीय राज्य तमिलनाडुमा सत्तारुढ दल अल इन्डिया अन्ना द्रविड मुनेत्र कगडम (एआईएडिएमके)का ईके पलनीस्वामीले बिहीबार राज्यको मुख्यमन्त्रीको शपथ लिएका छन् ।

तमिलनाडुका राज्यपाल विद्यासागर रावले पलनीसामीलाई सरकार बनाउन भनेपछि बिहीबार बेलुकी उनले मुख्यमन्त्रीको शपथ लिए ।सत्तारुढ दलकी महासचिव तथा संसदीय दलकी नेता भीके शशिकलालाई सर्वोच्च अदालतले आम्दानीभन्दा बढी सम्पत्ती आर्जनसम्बन्धी मुद्दामा चार वर्ष जेल सजाय सुनाएपछि उनको मुख्यमन्त्री बन्ने सपना टुटेको थियो । पलनीस्वामी शशिकलाप्रति वफादार मानिन्छन् ।

आफूलाई जेल सजाय सुनाइएपछि शशिकलाले पलनीस्वामीलाई एआइएडीएमकेको संसदीय दलको नेता बनाएकी थिइन् । राज्यपाल रावले बिहीबार बिहान एआइएडीएमकेको संसदीय दलका नेता पलनीस्वामीसँग भेटघाट गरी सरकार गठन गर्न भनेका थिए ।

राज्यको सत्तारुढ दलकी महासचिव तथा पूर्वमुख्यमन्त्री जयराम जयललिताको निधनपछि ओ पनीरसेल्वम मुख्यमन्त्री भएका थिए । त्यसको केही दिनपछि नै शशिकलालाई पार्टीले महासचिव बनाएको थियो । त्यसपछि शशिकला संसदीय दलकी नेता निर्वाचित भइन् र सरकार गठनको दाबी गरिन् । पनीरसेल्वमले मुख्यमन्त्रीबाट राजीनामा दिए । तर उनले विद्रोह गर्दै शशिकलाले आफूलाई राजीनामा गर्न बाध्य पारेको आरोप लगाए ।

राज्यपालले पनीरसेल्वमको राजीनामा स्वीकृत गरे पनि शशिकलालाई सरकार गठन गर्न आमन्त्रण गरेनन् । पनीरसेल्वम समूहमा केही सांसद थपिए । सर्वोच्चले जेल सजायको फैसला गरेपछि शशिकलाले आफूसमर्थक सांसदलाई गोल्डन बे रिसोर्टमा राखी पलनीसामीलाई संसदीय दलको नेता घोषणा गरिन् । शशिकलाले आत्मसमर्पण गरिन् र उनलाई जेल पठाइयो ।

Yamaha

प्रतिकृया दिनुहोस

थप सामग्री

dishhomeapp