MENU

गुडलाइफको ट्रिट क्रिम रोल बजारमा

635x90

अन्नपूर्ण शुक्रवार, फागुन ६, २०७३ 175 पटक पढिएको

Share This

काठमाडौः  एसियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालिद्वारा स्थापित नेपालको पहिलो चक्लेट फ्याक्ट्रीले आफ्नो नयाँ प्रोडक्ट ‘ट्रिट क्रिम रोल’ बजारमा ल्याएको छ । उच्चस्तरीय र परिस्कृत मेसिन प्रयोग गरी उत्पादन गरिएको यस ट्रिट क्रिम रोल, रोल वेफरको वर्गमा एउटा नयाँ आयाम भएको कम्पनीले जनाएको छ । यस ट्रिट क्रिम रोलको बाहिरी भागमा क्रिस्पी वेफर रहेको र भित्री भाग क्रिमले भरिएको छ । बजारमूल्य ५ रुपैयाँ रहेको यस क्रिम रोल वेफर चकलेट, स्ट्रबेरी, ओरेन्ज र मिल्क स्वादमा नेपालभर उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको स्वाद र गुणस्तरले यो चकलेट अबको केही समयमै सबैभन्दा बढी बिक्री हुने चकलेटका रूपमा स्थापित हुने कम्पनीले दाबी गरेको छ ।

२०१२ मा सुनसरीको दुहबीमा स्थापना भएको एसियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालि नेपालकै सबैभन्दा ठूलो बिस्कुट र कन्फेक्सनरी उत्पादक कम्पनी हो । नेपाली उपभोक्तामाझ निकै रुचाइएको गुडलाइफले ४० भन्दा बढी भेराइटीका बिस्कुटका साथै विभिन्न २० भन्दा बढी भेराइटीका चकलेट उत्पादन गर्दै आएको छ । आफूसँग भएको पूर्वाधार र प्रविधि प्रयोग गरी आफ्ना उपभोक्तालाई अरू ब्रान्डको तुलनामा सुपथ मूल्यमा उच्चस्तरीय गुणस्तर र स्वाद प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100