MENU

तानसेनमा सिद्धार्थ डेभलपमेट बैंकको शाखा

अन्नपूर्ण शुक्रवार, फागुन ६, २०७३ 119 पटक पढिएको

Share This

काठमाडौः सिद्धार्थ डेभलपमेट बैंक लिमिटेडले तानसेन बजारमा आफ्नो सेवा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा विस्तार गर्दै जाने क्रममा बिहीबार तानसेन बजारमा शाखा विस्तार गरेको हो । उक्त शाखाको उद्घाटन पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले गरे । उक्त शाखाले स्थानीयस्तरमा बैंकिङ सेवा-सुविधा प्रदान गर्नुका साथै स्थानीय व्यवसायीको आवश्यकतालाई उल्लेख्य रूपमा सम्बोधन गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस