MENU

सिद्धार्थ बैंकको ३९ प्रतिशत बोनस सेयर पारित

अन्नपूर्ण शुक्रवार, फागुन ६, २०७३ 308 पटक पढिएको

Share This

काठमाडौः सिद्धार्थ बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई ३९ प्रतिशत बोनस सेयर प्रदान गर्ने भएको छ । बिहीबार सम्पन्न बैंकको १५ औं वार्षिक साधारणसभाले सेयरधनीलाई बैंकले जारी गरेको २५ प्रतिशत हकप्रद सेयरलाई समेत समावेश गरिएको पुँजीको आधारमा गणना गरी ३९ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । यसका साथै उक्त साधारणसभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने चार जना सञ्चालकको निर्विरोध निर्वाचन गरेको छ । नवनिर्वाचित सञ्चालकमा मनोजकुमार केडिया, नरेन्द्रकुमार अग्रवाल, वीरेन्द्रकुमार साह र दिनेशशंकर पालिखे छन् ।

साथै, उक्त साधारणसभाले सर्वसाधारण सेयरधनीको तर्फबाट तीन जना सञ्चालकको समेत निर्विरोध निर्वाचन गरेको छ । सर्वसाधारण सेयरधनीको तर्फबाट महेशप्रसाद पोखरेल, हेमन्त ज्ञवाली र राजेशकुमार केडिया निर्वाचित भएका छन् । बैंकले चालु आर्थिक वर्ष ०७३/७४ को पुस मसान्तसम्म बैंकले ७२ करोड खुद मुनाफा आर्जन गरेको छ । सोही अवधिमा बैंकले कुल निक्षेप ७४ अर्ब ९३ करोड संकलन गरी ६२ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

हाल नेपालभर ६३ शाखा, ८२ एटिएम र विभिन्न ६९ स्थानमा शाखारहित बैंकिङ सेवाको माध्यमबाट उच्चस्तरीय बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100