MENU

जहाज भाडामा लिएर डेटिङ

अन्नपूर्ण शुक्रवार, फागुन ६, २०७३ 42841 पटक पढिएको

Share This

टिनएजमै विश्वविख्यात सेलिब्रेटी बनेकी गायिका सेलेना गोमेज अहिले २४ वर्षकी भइन् । यसबीचमा कुनै कालखण्ड छैन जुनबेला उनको चर्चा नभएको होस् । गायन र अभिनय त छँदैछ सँगै प्रेम, रोमान्स र ब्रेकअप उनलाई चर्चामा ल्याउने अन्य अस्त्र हुन् । पपस्टार जस्टिन बिबरसँग ब्रेकअप भएपछि निकै समय अस्तव्यस्त जीवन बिताएकी उनी रोमान्सको मामिलामा निकै अगाडि छन् । यसपटकको भ्यालेन्टाइन डेमा पनि उनी चर्चाबाट अलग रहन सकिनन् । जसको मुख्य कारण हो नयाँप्रेमीसँगको डेटिङ ।

सेलेना २६ वर्षीय र्‍यापर द विकेन्डसँग डेटिङमा रहेको चर्चा चले पनि उनीहरूले आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिएनन् । तर यसपटकको भ्यालेन्टाइन डेमा उनीहरूको प्रेम सार्वजनिक भएको छ । नयाँप्रेमी त्यसमाथि भ्यालेन्टाइन डे । यो जोडीले चर्को मूल्य तिरेर पानीजहाज भाडामा लिई यस पटकको भ्यालेन्टाइन मनाएका छन् । क्यालिफोर्नियाको मेरिया डेल रे कोस्टमा भ्यालेन्टाइन नाइटका लागि उनीहरूले पानीजहाज भाडामा लिएका थिए । यी नयाँ प्रेमीजोडीको मायामा लुटुपुटु भएर, एकअर्काको अँगालोमा बाँधिएका र चुम्बन गरिरहेका तस्बिरसमेत सार्वजनिक भएका छन् । सेलेना आफ्नै घरमा जस्तै जुत्ता फालेर नांगो खुट्टा यताउता दौडिएकी देखिएकी छन् ।

र्‍यापर द विकेन्डले मेरिया डेल कोस्टमा आफ्नो नयाँ गर्लफ्रेन्ड सेलेना गोमेजलाई प्रभावित पार्न रोमान्टिक वातावरण तयार गरेका थिए । उनीहरूको प्रेमलाई लिएर उनका पूर्वप्रेमी जस्टिन बिबारले भने सेलेनाले केवल नाम कमाउन द विकेन्डलाई प्रयोग गरिरहेको आरोप लगाएका छन् । केही समय रिह्याब सेन्टरमा बसेर पुनः सक्रिय जीवनमा फर्केकी सेलेनालाई द विकेन्डकी पूर्वप्रेमिका मोडेल बेल्लाले पनि त्यस्तै आरोप लगाएकी छन् ।

बेल्लाले सेलेनालाई धेरै पुरुषलाई प्रयोग गरिरहेको र विकेन्डसँगको सम्बन्ध कतिन्जेल टिक्छ भनेर चुनौती दिएकी छन् । अझ उनले आफनो प्रेमी चोरेको आरोपसहित सेलेनाले आफूलाई गम्भीर धोका दिएको अभिव्यक्ति दिँदै आएकी छन् । सेलेना र विकेन्ड भने मस्तीसँगै नयाँ गीतका लागि काम पनि गरिरहेका छन् । द विकेन्ड अप्रिलमा वल्र्ड टुरका लागि निस्किन लागेका छन् ।

प्रतिकृया दिनुहोस

dishhomeapp