MENU

कार्यशालामा बुद्धका चित्र

अन्नपूर्ण बिहीबार, फागुन ५, २०७३ 1607 पटक पढिएको

Share This

पोखरा: शान्तिका लागि बुद्ध वचन अपरिहार्य छ भन्ने उद्देश्यले पोखरामा बुद्ध र आधुनिक चित्रकालासम्बन्धी कार्यशाला आयोजना गरिएको छ।

कला, साहित्यिसम्बन्धी अधिक गतिविधि हुँदै आएको पोखरामा चित्रकला कार्यशाला भएको हो। पोखराको रामघाटस्थित बौद्ध अर्घौं सदनमा गरिएको तीनदिने कार्यशालामा २१ जना कलाकारले बुद्धका बिभिन्न अवस्थाका एक्रेलिक रङमा ४५ चित्र तयार पारेका छन्।

बुद्ध र बुद्धवचनलाई रंगहरूका माध्यमबाट विश्वशान्तिका पक्षमा समर्पित गर्न कार्यशाला महत्वपूर्ण भएको ललितकला प्रज्ञा प्रतिष्ठानका चित्रकला विभाग प्रमुख प्राज्ञ रमेश श्रेष्ठले बताए। रामघाटस्थित बौद्ध अर्घौ सदन परिसरमा नयाँ गुम्बा निर्माण सहयोगार्थ कार्यशाला भएको हो।

चित्रकला कार्यशाला चलिरहँदा नै कलाकारले तयार पारेका १० चित्र बिक्री भएको प्राज्ञ श्रेष्ठले बताए। कार्यशालाले गुम्बा निर्माणका लागि योगदान पुग्ने बौद्ध अर्घौं सदनका अध्यक्ष क्या. भुवनसिं गुरुङले विश्वास व्यक्त गरे।

कला कार्यशालामा कलाकार यादवचन्द्र भुर्तेल, रमेश श्रेष्ठ, श्रीजन राजभण्डारी, भाइराजा महर्जन, विनोद प्रधान, मुकेश श्रेष्ठ, पकबहादुर थापाले बुद्धका विभिन्न अवस्थाका चित्र तयार पारेका थिए।

कलाकार उमेश श्रेष्ठ, ईशान परियार, किशोर नकर्मी, सन्दीप न्यौपाने, सूर्य बराइली, सबिता डंगोल, मनोज तामाङ, थमन सुनार, झविन्द्र गुरुङ, गोपाल दराई, देवेन्द्र गुरुङ, नरेश सैंजू, जीवन राजोपाध्याय, गणेश जीसीलगायतको पनि कार्यशालामा सहभागिता थियो।

 

Yamaha

प्रतिकृया दिनुहोस

dishhomeapp