MENU

किन आउँछ गिजाबाट रगत

635x90

ललितकुमार मिश्र बुधवार, फागुन ४, २०७३ 20817 पटक पढिएको

Share This

टाउको दुख्यो, कम्मर चस्कियो या कुनै सामान्य घाउचोट लाग्यो भने मानिस उपचार गर्छ वा स्वास्थ्यमा समस्या भएको रूपमा लिन्छ । रुघाखोकी लाग्दा पनि मानिस ठूलै समस्याका रूपमा लिन्छन् । मानिसको अन्य स्वास्थ्यजस्तै दाँत स्वास्थ्य पनि महत्वपूर्ण हो ।

दाँत कीराले खानु, गिजा सुन्निनु, पाक्नु, पिप वा रगत आउनु, गिजा पाक्नु र दुख्नु आदि दाँतका समस्या हुन् । तपाईंले यो समस्यालाई सामान्य रूपमा लिनुभएको हुनसक्छ । त्यसो गर्दा समस्या झन् ठूलो हुनसक्छ । किनकि तपाईं पायरिया अर्थात् (दन्तहर्षा) रोगबाट पीडित हुनुहन्छ वा त्यो सम्भावना छ भन्ने कुरा बुझ्नुपर्छ । दाँतको मुख्य समस्यामा दाँतको सडन र पायरिया हो । पायरिया दाँतको गम्भीर रोग हो । यसलाई चलनचल्तीको भाषामा दन्तहर्षा भनिन्छ । सामान्यतया हरेकपटक खाना खाइसकेपछि मुख कुल्ला गर्ने बानी नहुँदा र राति सुत्नुअघि ब्रस नगर्दा सानो वा ठूलो जुनसुकै उमेरमा पनि यो समस्या निम्तिन सक्छ ।

पायरिया भएकाहरूलाई चिसो पानी पिउनै मुस्किल हुन्छ । पानीमात्र होइन, कहिलेकाहीँ त हावाले पनि दाँत सिरिंग बनाउँछ । तातो चिया वा चिसो पेयपदार्थ खानै सकिँदैन ।

यो रोग स्वास्थ्यसँग सम्बन्धित अनेक कारणले हुन्छ । यो समस्या दाँतसँग जोडिएको समस्यासम्म मात्र सीमित छैन । यसले मुटु, कलेजो, मिर्गौला, फोक्सोजस्ता शरीरका संवेदनशील अंगहरूमा समेत नराम्रो असर पार्छ । पायरिया रोग दाँत र गिजामा निर्मित भइरहेका जीवाणुहरूको कारणले गर्दा हुन्छ ।

दाँतको सफाइमा कमी, लापरबाही वा पूर्ण सफाइ नहुनाले यो रोग सबैभन्दा छिटो हुन्छ । त्यसैलाई पायरिया भनिन्छ । यसमा व्यक्तिको सास गन्हाउनु, ब्रस गर्दा गिजाबाट रगत आउनुका साथै अन्य समस्या देखिन्छन् । जाडो मौसममा पायरिया भएकाहरूलाई चिसो पानी पिउनै मुस्किल हुन्छ । पानीमात्र होइन, कहिलेकाहीँ त हावाले पनि दाँत सिरिंग बनाउँछ । तातो चिया वा चिसो पेयपदार्थ खानै सकिँदैन ।

कारण र लक्षण

.नियमित आहार र दाँतको सुरक्षामा ध्यान नदिनु वा पूर्ण रूपले अभाव हुनु ।
.दाँतमा अन्नका कणहरू अड्किनु र दाँत सड्नु ।
.दाँतमा अत्यधिक फोहोर जम्मा हुनु ।
.मुख गन्हाउनु र मुखको स्वाद नराम्रो हुनु ।
.जीवाणुहरू मुखभित्र प्रसारण हुनु ।
.गिजामा जलनको अनुभव हुनुका साथै मुखमा छालाको निर्माण हुनु ।
.गिजामा पिप जम्मा हुनु ।
.अलिकति छुनेबित्तिकै गिजाबाट रगत वा पिप आउनु ।

हाम्रो मुखभित्र सात सय किसिमका ब्याक्टेरिया हुन्छन् । यिनीहरूको संख्या करोडोमा हुन्छ । समयमा मुख, दाँत र जिब्रोको सफाइ गरिएन भने यी ब्याक्टेरियाले दाँत र गिजालाई हानि पुर्‍याउँछन् । गिजामा भएको संक्रमणका कारण मुखको बिकार पेटमा पुगेर रक्तसञ्चारको माध्यमबाट मुटु, मस्तिष्क, कलेजो, किड्नी, फोक्सोमा पनि संक्रमण गराउँछ । पायरिया भएपछि दाँतलाई सपोर्ट गर्ने जाँ.बोन (चिउँडो) को हड्डीलाई हासिन पुग्छ । दाँतहरू हल्लिन थाल्छन् र कमजोर भई एकएक गरी झर्न थाल्छन् ।

के गर्ने

. कब्जियतबाट बच्ने ।
. दिनमा दुईपटक नियमित बिहानको खाना र राति सुत्नुअघि ब्रस गर्ने ।
. नरम ब्रस प्रयोग गर्ने ।
. शरीरमा भएका विषाक्त तत्वहरूको निष्कासनका लागि प्रशस्त मात्रामा पानी पिउने ।
. पायरियाको उपचारका क्रममा बिरामीले मसलारहित उसिनेको सागपात मात्र खाने ।
. भिटामिन सी, डी र क्याल्सियमयुक्त खाना खाने ।

जस्तैँ गाँजर, हरियो सागपात, पालुंगो, मेथीको साग, प्याज, मुला, अमला, गोलभेँडा, कागती, सुन्तला, मौसम, स्याउ, अम्बा, केरा, अंगुर आदि खाने । सन्तुलित भोजनका साथै दाँत बलियो बनाउन व्यायाम पनि आवश्यक हुन्छ । दाँतको व्यायाम नहुने हुँदा दाँत कमजोर भई रोग लाग्ने गर्छ । त्यसैले दाँत बलियो बनाउन समयसमयमा मकै, भटमास, मटर, चना, छुर्पी आदि खानुपर्छ । कम्तीमा वर्षको दुईपटक दन्तचिकित्सककहाँ गई दाँतको जाँच गराउनुपर्छ ।

के नगर्ने

. मसलेदार खानपान, जंकफुड र डिब्बा बन्द आहारको सेवन बिल्कुलै गर्नु हुँदैन ।
. चीज तथा दूधबाट बनेका अन्य उत्पादन जस्तै— पेडा, बर्फी, कलाकन्द, रसबरी पटक्कै नखाने ।
. धूमपान, खैनी, गुट्खा र पानजस्ता चिज नखाने । यसले पायरियालाई बढाउँछ ।
. पायरियाबाट पीडित बिरामीले कहिल्यै पनि चिनी, मिठाई, चकलेटजस्ता खाद्यपदार्थ प्रयोग गर्नु हुँदैन ।
. धेरै चिसो वा तातो पेयपदार्थको सेवन नगर्ने ।

घरेलु उपाय

तोरीको तेलमा अलिकति नुन र बेसार मिसाएर दाँत र गिजालाई औंलाले हल्का किसिमले सफा गर्ने ।
नीमको पात पानीमा उमालेर कुला गर्दा पनि फाइदा हुन्छ ।

होमियोप्याथिक उपचार



हेकला लावाः दाँतको रोगका लागि एक उत्कृष्ट औषधि हो । गिजामा घाउ, पायरिया, दाँतमा कीरा लागेर दाँत क्षय हुनु, गिजाको हड्डीमा घाउ हुनु, अनुहारको स्नायुशुल, गिजा सुन्निनुका साथै दाँत दुख्नु आदिमा यसको प्रयोग लाभदायक मानिन्छ । योबाहेक बिरामीको शारीरिक एवं मानसिक अवस्था हेरेर लक्षणअनुसारका निम्न औषधि पनि प्रयोग गर्न सकिन्छ ।

जस्तै क्रियोजोटम, फासफोरस, एलुमिना, केलेन्डुला, एपिसमेल, लेकेसिस, साइलिसिया, केलिम्युर, प्लेन्टेगो, बेपटेसिया, कल्केरिया फल्लोर, एन्टिम क्रुड, हिपर सल्फर, मक्र्युरियस, कार्बोभेज, आर्जेन्टम नाइट्रिकम, नाइट्रिक एसिड, कोस्टिकम आदि । यी औषधि योग्य तथा अनुभवी होमियोप्याथिक चिकित्सकको सल्लाहअनुसार मात्रै प्रयोग गर्नुपर्छ ।

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100