MENU

सिलवालले नै पाउने भए कार्यवाहक आइजी

अन्नपूर्ण सोमवार, फागुन २, २०७३ 175106 पटक पढिएको

Share This

काठमाडौः आइजी उपेन्द्रकान्त अर्यालले आज अवकाश पाएसँगै डिआइजी नवराज सिलवालले कार्यवाहक आइजीको जिम्मेवारी पाउने भएका छन् ।

आज(सोमबार) अपराह्न प्रहरी प्रधान कार्यालयमा आइजी अर्यालले सिलवाललाई कार्यवाहक आइजीको जिम्मेवारी सुम्पिने गृह स्रोतले अन्नपूर्णलाई जानकारी गरायो ।

सिलवाललाई कार्यवाहक जिम्मेवारी दिएपछि आइजी अर्याल र बहाल भएका सबै एआईजीहरुले प्रहरी सेवाबाट आजैदेखि अनिवार्य अवकाश पाउँदै छन् ।सिलवाललाई कार्यवाहक आइजीको जिम्मेवारी दिने कार्यक्रममा प्रहरीका सबै वरिष्ठ अधिकृतहरु उपस्थित हुने भएका छन् ।

यसअघि आइतबारको मन्त्रिपरिषद्ले तेस्रो वरियताका डिआइजी जयबहादुर चन्दलाई आइजीमा नियुक्ति गर्ने निर्णय गरेपनि त्यसको केही घण्टामै सर्वोच्च अदालतले चन्दलाई आइजी नबनाउन सरकारलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिकृया दिनुहोस

थप सामग्री

Dish latest