MENU

धागोमा नाच्ने पात्रहरू

घिमिरे युुवराज आइतवार, फागुन १, २०७३ 1725 पटक पढिएको

Share This

‘तर हाम्रोमा पपेट गभरमेन्टको पपेट थिएटरसँग कुुनै सम्बन्ध छैन’, मैले ठट्टा गर्दै भनेँ । निर्देशक खिन मोङ् ह्ट्वीका लागि भने यसको राजनीतिक अर्थ रहेछ । सन् २०१४ मा खिनद्वारा निर्देशित पपेट थिएटरले बैंकक इन्टरनेसनल फेस्टिभलमा उत्कृष्ट पुुरस्कार पायो । ८० देशका १६५ वटा फरक प्रस्तुुतिमा सुुरुमा फ्रान्स, जर्जिया र बर्मा छनोटमा परेका थिए । अन्त्यमा खिनको समूह पुुरस्कृत भए ।

खिनका अनुुसार यो समाचार विदेशी मिडियाहरूमा आयो तर बर्माभित्रकै चाहिँ कुुनै पनि मिडियामा समाचार आएन । उनी भन्छन्, ‘सन् १९४८ मा ब्रिटिस शासन हटेपछि बर्मामा जति पनि गभर्मेन्ट आए तिनलाई पपेट गभरमेन्ट भनियो । त्यसैले तत्कालीन गभर्मेन्टले पनि पपेट थिएटरलाई व्यंग्यका रूपमा लिन्थ्यो । शासकहरूसँग डराएर मिडियाहरूले पनि समाचार छापेनन् ।’ शासकका बारेमा आममान्छे वा मिडियाले भन्न नसक्ने कुुराहरू पपेटहरूले भन्ने हुुनाले शासकहरू यससँग डराउने गरेको उनको धारणा छ । खिन थप्छन्, ‘अबको नयाँ राजनीतिक परिवेशमा पपेट थिएटरलाई अलिक सहज छ ।’

ghimire-Yubraj

बर्मेली लोक पपेट इतिहासमा धेरै नाम आउँछन् । यसका बारेमा बर्मेली भाषामै धेरै किताब छापिएका छन् । बर्मेली प्रसिद्ध पपेटर तथा लेखक ये द्वायले बर्मेली भाषामा लेखेको किताबलाई बर्मेली पपेटसम्बन्धी आधिकारिक किताब मानिन्छ । अंग्रेजी भाषामा तीन प्रसिद्ध पुुस्तकहरू छन्– नियोल एफ सिंगरको ‘बर्मिज् पपेट्स’, मा थानेगीको ‘दि इलुुजन अफ लाइफः बर्मिज मरिनेट्स्’ र एलेक्स बर्नस्को ‘बर्मिज पपेट्र्जि’ । निर्देशक खिन मोङ ह्ट्वीसँगको रोचक प्रसंगमा म केन्द्रित हुुन चाहन्छुु । बर्माको प्रसिद्ध सहर रंगुुन जाने योजना भएदेखि गुुगलमा म रंगुुनको रंगमञ्च र कलाबारेमा खोजिरहेको थिएँ । केहीपटकको खोजमा पपेट्री होम नै अगाडि देखा पर्‍यो ।

रंगुुन ओर्लिएको केही साँझपछि पपेट्री होमको वेभ पृष्ठ खासै नपढी उल्लिखित ठेगानामा इमेल लेखेँ । मेरो चाहना कलाकारहरूसँग भेटेर कुुराकानी गर्नुु थियो । तर, त्यही साँझ ६ बजे पपेट प्रस्तुुति छ भन्ने उत्तर ईमेलमा पाएपछि म फुुरुंग भएँ । पहिलो झटारोमै ठूलो फल झर्‍यो । गुुगल म्याप हेर्दै डाउन टाउनबाट ट्याक्सीमा करिब आधा घन्टा पश्चिम हानिएपछि म पुुगेँ खिनको पपेट्री हाउसमा । म सही ठाउँमा आइनँ भन्ने भ्रम मलाई पर्दै थियो । मसँगै केही गोरा छाला भएका मानिस पनि भएकोले सोधेँ, ‘तिमीहरू पनि थिएटरमा जान लागेको हो ? ’ उनीहरूले ‘हो’ भनेपछि ढुुक्क हुुँदै उनीहरूसँगै सिँढी उक्लिएँ ।


जब पपेटभन्दा पपेटरहरू दृश्यमा आउँछन् रंगमञ्च कुुरूप हुुन्छ । पुुँजीवादले निर्देशित गरेको राजनीतिक थिएटर खराब थिएटर हो ।


जब एउटा समान्य ढोकाबाट एक किशोरले हामीलाई कोठामा स्वागत गरे म ट्वाँ परेँ । रंगमञ्चसँग सम्बन्धित भएर म यसरी धेरै कमपटक ट्वाँ परेको छुु । र, यो मेरो लागि साँच्चिकै नौलो र प्रेरणादायी समय रह्यो । के म साँच्चै थिएटर भित्र छुु ? म कहाँ आएँ ? औंलामा गन्न सकिने अरू दर्शक पनि मुुस्कुुराउँदै कोठाको चारैतिर हेरिरहेका छन् । म कुुर्सी गन्न थालेँ । जम्मा १६ वटा कुुर्सी चारवटा तह मिलाएर राखिएका छन् । एउटा लाइनमा चारवटा कुुर्सी छन् । हाम्रोअगाडि सानो चिटिक्क परेको मञ्च बनाइएको छ । मञ्चमाथि सुुन्दर स्ट्यान्डमा रातो मखमले पर्दा झुुन्डिएको छ । मेरो दिमागमा पद्मकन्या क्याम्पसको नृत्य कोठा र छेउको अलिकति मञ्च उठाएर बनाइएको तबला सिकाउने मञ्च सम्झना भइरहेको छ ।

यतिखेर मित्र चन्द्र पाण्डे र म नेपालमा भएका नाटकघर वा नाटक देखाउने ठाउँका बारेमा पुुस्तक लेखेर अन्तिम चरणमा पुुगेका छौं । यही बहानामा हामीले काठमाडौंका साना–ठूला रंगमञ्च चहारी–चहारी हेरेका थियौं । तर, यति सानो रंगमञ्च म जीवनमै पहिलोपटक देख्दैछ । मेरो दिमाग यतिखेर शून्यप्रायः भएको थियो । मैले नाटक र दर्शकको व्यावसायिकतासम्बन्धी बनाइरहेको बलियो अवधारणाभित्र आफैंसँग घम्साघम्सी भइरहेको थियो । उक्त थिएटरभित्र सुुरुमा हामी आठनौजना दर्शक थियौं । थिएटर भन्नै पर्‍यो । यो सबै मान्ने कुुरा रहेछ । त्यसैले प्रोसेनियम थिएटरका पारम्परिक व्याकरणहरूलाई भत्काएर थिएटर वा नाट्यशालाले आफैं अस्तित्व बनाउने रहेछ । एउटा अन्तर्वार्तामा रंगकर्मी क्रिस ब्यान्डले भनेका छन्, ‘जहाँ कलाकार र दर्शकको उपस्थिति छ त्यही हो थिएटर ।’ उनीसँगको लामो अन्तर्वार्ता नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको कला पत्रिका रंगनादमा छापिएको छ । त्यसैले म फेरि आफूलाई विश्वस्त बनाउँदै थिएँ ।

म थिएटरभित्र छुु । अहिले म नेपाली थिएटरको समाचार पनि पढिरहेको छुु । रंगकर्मी राजकुुमार पुुडासैनीले वाल्मीकि क्याम्पसको प्रांगणमा कालो पर्दा बेरेर सुुरु गरेको थिएटर यात्रा गर्दैै भर्खरै काठमाडौं प्रज्ञा कुुञ्ज नामको स्कुुल परिसरमा पुुगेको छ । त्यहाँ रंगकर्मी टंक चौलागाईं स्कुुले बच्चाहरूसँग आफ्ना चारवटा नाटक तत्काल निर्मित थिएटरभित्र मञ्चन गर्दैछन् । हो म यता करिब १५ फिट लम्बाइ र १० फिट चौडाइ भएको घरको कोठाभित्र सिर्जित थिएटरभित्र छुु । जब ठीक ६ बज्यो निर्देशक खिनले फुुच्चे मञ्चअगाडि उभिएर आफ्नो प्रस्तुुतिको बारेमा बोल्न थाले । करिब १० मिनेट उनले आफ्नो प्रस्तुुतिको बारेमा बोले । त्यति खेरसम्ममा बाँकी कुुर्सी पनि भरिए ।

puppet-2

१६ वटा कुुर्सी भरिएर हाउसफुुल भएको थिएटर अब सुुरु हुुँदैछ । यस प्रस्तुुतिको समय करिब ४५ मिनेटको हुुनेछ । यसभित्र पाँचवटा फरकफरक प्रस्तुुति हुुनेछ । भाषारहित सांगीतिक यस प्रस्तुुतिमा बज्ने सबै संगीत बर्मेली लोक संगीत हो । मैले हेर्न पाएका प्रस्तुुतिहरूमध्ये दानव र देवताको युुद्ध, गाउँले रक्स्याहा वृद्धको कथा र छुुद्र घोडालाई निक्कै संघर्षपछि आफ्नो बसमा राखेर घोडचडीमा हिँडेको युुवकको कथा रोचक लाग्यो ।

पपेटको शक्ति के भने, कालो लुुगा लगाएका पपेटर (पपेट चलाउने कलाकार)हरू आआफ्ना हातका औंलाहरूमा धागो नचाइरहेका हुुन्छन् । कुुशल पपेटरको हातमा परेपछि पपेटले के गर्दैन ? आँखीभौंसमेत हल्लाउँछ, चुुम्मनसमेत गर्न भ्याउँछ । तर, दर्शकले पपेटरलाई बिर्सन्छ र पपेटलाई जीवन्त पाउँछ । मानांै पपेट निर्जीव हैन । उसमा प्राण छ । तर हाम्रो गभरमेन्टका पपेटरहरू खिन मोङ ह्ट्वीका पपेटरजस्ता कलात्मक छैनन् । धेरैजसो समय पपेट गभरमेन्टमा भन्दा पपेटरतिर ध्यान जान्छ । उत्तर या दक्षिण या पश्चिमका बढेमाका पपेटरहरू हामी प्रस्टै देख्छौं । जब पपेटभन्दा पपेटरहरू दृश्यमा आउँछन् रंगमञ्च कुुरुप हुुन्छ । त्यसैले अगष्टो बोआलले भनेका छन् पुुँजीवादले निर्देशित गरेको राजनीतिक थिएटर खराब थिएटर हो ।

संसारमा पपेट थिएटरको इतिहास लामो छ । लगभग पाचौं सेन्चुुरीमा सुुरु भएको मानिन्छ । पपेट थिएटरका धेरै किसिम छन् । सामान्यतया पपेट थिएटर चार किसिमका हुुन्छन् । छायाँमा नचाइने पपेट, औंलामा घुुसारेर नचाउने पपेट, हातमा घुुसारेर नचाउने पपेट र तार वा डोरीमा झुुन्ड्याएर नचाउने पपेट । बर्मामा यसको सुुरुआत १५औं शताब्दीमा भएको देखिन्छ । विशुुद्ध मनोरञ्जन तथा कथा वाचनका लागि गरिने बर्मेली पपेट थिएटरको शैली हो लोक पपेट । लोक नाट्यभित्र पर्ने बर्मेली पपेटलाई ‘योको थे’ भनिन्छ । योको थेको अर्थ हो मेरिनेट पपेट अर्थात् धागोले चलाउने पपेट । बर्मामा योके थेको इतिहास बौद्ध पगोडासँग जोडिएको देखिन्छ । तत्कालीन राजाले पगोडाहरूमा कलाकारहरू राख्ने चलन चलाए तिनै कलाकारहरूले पपेट थिएटरद्वारा विभिन्न उत्सवहरूमा दर्शकहरूलाई मनोरञ्जन दिन वा कथा भन्न प्रयोग गर्न थाले । अहिले पनि हरेक बौद्ध गुुम्बाहरूमा कलाकार मण्डली तथा कलाकारहरूको एउटा नाइके स्थापना गर्ने चलन छ । तर, फरकफरक बौद्ध समुुदायमा फरकफरक कलाकारिताको प्रभाव पाइन्छ ।

पपेट थिएटरले अन्य नाट्य प्रस्तुुतिहरूको सीमालाई तोड्ने अधिकार हुुन्छ । जस्तो कि तत्कालीन समयमा बर्मामा महिला कलाकारहरूलाई नाटक खेल्ने अधिकार थिएन । पपेटर (पपेट नचाउने कलाकार) हरू पनि पुुरुष नै हुुन्थे । तर, पपेटका चरित्रहरूमा महिला–पुुरुष दुुवै हुुन्थे । आममानिसले राजारानी वा सैनिकको लुुगा लगाउन पाउँदैन थिए तर पपेटलाई त्यो सीमा थिएन । त्यसैले आममानिस यस किसिमका पपेट प्रस्तुुतिहरू हेरेर खुुसी हुुन्थे । तर ब्रिटिस र त्यसपछिका सैनिक शासकहरूले पनि पपेटलाई मनोरञ्जनका रूपमा मात्रै लिए । कलाकारहरूले व्यंग्य मिसिएको प्रस्तुुति दिन डराउँथे । अचेल बर्माको लोक पपेट थिएटर लगभग लोप हुुने अवस्थामा रहेछ । यही लोक अर्थात् योके थे पपेट थिएटरमा करिब ११ वर्षदेखि पूर्ण कालिक रूपमा काम गरिरहेको रहेछ खिनको पपेट्री समूहले ।

निर्देशक खिन पपेट थिएटरमा लाग्नुुअगाडि सिम्यान रहेछन् । करिब दुुई दशकसम्म उनले पानीजहाज चालकको जागिर खाए । संसारका धेरैजसो देश पानीबाटै पुुगे उनी । सानैदेखि नाच्न/गाउन मन पराउने उनलाई उनकी आमाले सांस्कृतिक कार्यक्रमहरूमा लिएर जान्थिन् । जब उनी पानीजहाजमा यात्रा गर्न थाले, एक ठाउँबाट अर्को ठाउँमा पुुगेर गरिने वि श्रामका बेला उनी थिएटरमै जान रुचाउँथे । उनी भन्छन्, ‘मैले संसारका धेरै थिएटरहरू हेर्ने मौका पाएँ ।’

जहाज चालकबाट अवकाश लिएपछि उनले माइक्रोबस किनेर केही वर्ष रंगुुनमा पर्यटनको काम गरे । त्यतिखेर उनलाई लाग्यो, कलालाई पर्यटनसँग जोड्नुुपर्छ । त्यसपछि उनले बर्माका तीनजना पपेटरहरूलाई भेटे । उनीहरूले नै पपेट बनाए । उनी र उनकी श्रीमती टिनटिनलाई तालिम थिए । त्यसपछि उनले रंगुुनको सिटी हल भाडामा लिएर सन् २००६ देखि नियमित पपेट थिएटर गर्न थाले । सन् २००७ मा सैनिक शासन विरुद्धमा बर्मामा ठूलो आन्दोलन भयो । यसले खिनको व्यापारमा ठूलो असर ग¥यो । उनको व्यापार तीन वर्षसम्म पूर्ण घाटामा गयो । उनी भन्छन्, ‘मैले हरेक वर्ष तिर्नुुपर्ने थिएटरको भाडा, व्यवस्थापन र कलाकारको तलबका कारणले कमाएको सम्पत्ति सकेँ । गाडी पनि बेचेँ ।’

तर, सन् २००८ मा उनलाई एउटा अवसर आयो । ह्याप्पी वल्र्ड नामक पार्कले उनलाई पपेट थिएटरका लागि निम्तो दियो । त्यही पार्कको हलमा बिदाको दिन बाहेकका दिनमा भाडा नतिरी उनले पपेट थिएटर प्रदर्शन गर्ने अवसर पाए । सन् २००८ को मेमा बर्मामा ठूलो वर्षा र आँधी आयो । करिब एक लाख मान्छे मरे । खिनका पपेट थिएटरका सबै सामान बगाए । उनी भन्छन्, ‘यो मेरा अर्को ठूलो संकट थियो । म पूर्ण रूपमा निरुत्साहित भएँ । तर, मेरी श्रीमतीले सहयोग गरिन् । आफ्ना गहनाहरू बेचेर र मलाई सान्त्वना दिएर फेरि काम सुुरु गरौं भनिन् ।’

त्यसपछि खिन दम्पतीले आफ्नी छोरीलाई पनि समूहमा मिसाए । मार्क र खुुला ठाउँमा थिएटर देखाउन थाले । सन् २००८ कै अन्त्यमा दुुबईको ठूलो महोत्सवमा उनीहरूले निम्तो पाए । इन्डोनेसियामा आयोजित महोत्सवहरूमा दुुई ठूला पुुरस्कार पाए । उनका लागि सबैभन्दा ठूलो उपलब्धि सन् २०१२ देखि खिनको पपेट थिएटरले बर्माको हरेक पर्यटन पुुस्तिकामा ठाउँ पायो । म उनको थिएटरसम्म पुुग्नुुको भित्री कारण पनि यही रहेछ । गुुगल सर्चमा उनको थिएटर अगाडि देखा पर्छ । आज उनको १९ वर्षीया छोरी र १४ वर्षीय छोरा पनि उनीसँगै मिसिएका छन् । उनीहरूको परिवारबाहेक अरू दुुई महिला यो समूहमा छन् । खिनको परिवारको इच्छाशक्ति र आत्मविश्वासले यहाँसम्म पुर्‍यायो । अहिले रंगुुनमा हेर्नुुपर्ने १० चिजमध्ये पपेट्री होम पनि पर्दो रहेछ । अचेल उनी पार्क, महोत्सव वा विभिन्न कार्यक्रममा आफ्नो समूहको प्रस्तुुति दिन्छन् । र, आफ्नै घरमा निर्मित यो मिनि थिएटरमा हरेक साँझ पपेट नचाउँछन् । प्रायः सबै दर्शक पर्यटक हुुन्छन् । एउटा टिकटको मूल्य १० हजार च्याट हो । यो लगभग एक हजार नेपाली रुपैयाँ बराबर हुुन्छ ।

त्यस साँझ पनि १७ दर्शकहरू लगभग नौवटा देशबाट थिए । आफ्ना छोराछोरीसहित आएकी जर्मनीकी लिट्टे मेरो उत्सुुकता देखेर अचम्ममा परिन्, किनभने मेरो ध्यान प्रस्तुुतिमा भन्दा बढी दर्शकहरूतिर थियो । त्यहाँ कोरिया मेक्सिको, इङ्ल्यान्डदेखि नेपालसम्मको सानो संसार नै उपस्थित थियो । पपेट्री होमको नियम के भने कम्तीमा दुुई २ दर्शक भए पनि उनीहरू थिएटर देखाउँछन् । खिन भन्छन्, ‘कहिलेकाहीँ त मान्छेहरू फोन वा ईमेलमार्फत सिट बुुक गर्छन् । हामी तयार भएर बस्छौं तर साँझ एकजना पनि देखा पर्दैनन् । तर, हामी कहिल्यै निराश भएनौं किनभने यो हामीले चाहेर गरेको काम हो ।’

प्रतिकृया दिनुहोस

Dish latest